२९ भदौ २०८३, सोमबार | September 15, 2026

प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : वरिष्ठ उपाध्यक्ष ढकाल



धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको भर्खरै सम्पन्न ५४ औँ वार्षिक साधारणसभाका समयमा दिएका आश्वासन पूरा गर्ने समय आएको बताएका छन् ।
आइतबार कैलाली उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती विशेष समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघका सबै नेतृत्वले निर्वाचनका समयमा दिएका आश्वासनलाई साचो अर्थमा पूरा गर्ने समय आएको बताए।

स्थानीय तथा प्रदेश सरकारहरुबीच विकास निर्माणका काममा एक प्रकारको प्रतिष्पर्धा जस्तो रहेको बताउँदै ढकालले स्थानीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य समन्वय गर्न निजी क्षेत्र तयार रहेको उल्लेख गरे ।

“स्थानीय र प्रदेश सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्न सक्यो भने मात्र द्रुत विकास सम्भव हुनेछ । तपाईहरुले हामीलाई सहजीकरण गर्नुस् । हामी लगानी ल्याउन तयार छौं,” उनले भने ।
व्यवसायीहरुले पनि स्थानीय र तथा प्रदेश सरकारसँग व्यवसायिक सम्बन्ध विस्तार गर्दै जानुपर्ने उनले बताए ।“व्यवसायिक सम्बन्ध मात्र दिगो रहन्छ । तपाईहरुले सम्भावनाका क्षेत्रहरु पहिचान गर्नुहोस् । हामी निजी क्षेत्र तपाईहरुसँग सहकार्यका लागि तयार छौं,” उनको भनाई थियो।

स्थानीय व्यवसायीहरुसँग साझेदारीमा स्थानीयस्तरमा आयोजनाहरु सञ्चालन भइरहेको बताउँदै उनले थप आयोजनाहरुको पहिचान भएमा त्यस्ता सम्भावनायुक्त आयोजनाहरुमा महासंघको तर्फबाट तथा व्यक्तिगत तर्फबाट लगानी जुटाउनका लागि आफूले पहल लिने बताए । जिल्ला नगरका समस्याहरु लगभग एकै प्रकारका हुने बताउँदै उनले ति समस्याको समाधानमा महासंघको नेतृत्व जिम्मेवार भएर लाग्ने बताए ।

“जिल्ला नगरका समस्याहरु प्राय सबै जिल्लाका एउटै किसिमका रहेकाछन् । तपाईहरु आफै त्यसलाई समाधान गर्न सक्षम पनि हुनुहुन्छ । त्यस्ता समस्या महासंघको केन्द्रबाट पनि समाधानका लागि हामीले निर्वाचनका समयमा आश्वासन दिएका थियौं । अहिले ती पुरा गर्ने समय आएको छ,” उनले भने, “हामी हाम्रा आश्वासन पुरा गर्न तत्पर नै छौं ।”

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : ३८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ