१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : वरिष्ठ उपाध्यक्ष ढकाल



धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको भर्खरै सम्पन्न ५४ औँ वार्षिक साधारणसभाका समयमा दिएका आश्वासन पूरा गर्ने समय आएको बताएका छन् ।
आइतबार कैलाली उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती विशेष समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघका सबै नेतृत्वले निर्वाचनका समयमा दिएका आश्वासनलाई साचो अर्थमा पूरा गर्ने समय आएको बताए।

स्थानीय तथा प्रदेश सरकारहरुबीच विकास निर्माणका काममा एक प्रकारको प्रतिष्पर्धा जस्तो रहेको बताउँदै ढकालले स्थानीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य समन्वय गर्न निजी क्षेत्र तयार रहेको उल्लेख गरे ।

“स्थानीय र प्रदेश सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्न सक्यो भने मात्र द्रुत विकास सम्भव हुनेछ । तपाईहरुले हामीलाई सहजीकरण गर्नुस् । हामी लगानी ल्याउन तयार छौं,” उनले भने ।
व्यवसायीहरुले पनि स्थानीय र तथा प्रदेश सरकारसँग व्यवसायिक सम्बन्ध विस्तार गर्दै जानुपर्ने उनले बताए ।“व्यवसायिक सम्बन्ध मात्र दिगो रहन्छ । तपाईहरुले सम्भावनाका क्षेत्रहरु पहिचान गर्नुहोस् । हामी निजी क्षेत्र तपाईहरुसँग सहकार्यका लागि तयार छौं,” उनको भनाई थियो।

स्थानीय व्यवसायीहरुसँग साझेदारीमा स्थानीयस्तरमा आयोजनाहरु सञ्चालन भइरहेको बताउँदै उनले थप आयोजनाहरुको पहिचान भएमा त्यस्ता सम्भावनायुक्त आयोजनाहरुमा महासंघको तर्फबाट तथा व्यक्तिगत तर्फबाट लगानी जुटाउनका लागि आफूले पहल लिने बताए । जिल्ला नगरका समस्याहरु लगभग एकै प्रकारका हुने बताउँदै उनले ति समस्याको समाधानमा महासंघको नेतृत्व जिम्मेवार भएर लाग्ने बताए ।

“जिल्ला नगरका समस्याहरु प्राय सबै जिल्लाका एउटै किसिमका रहेकाछन् । तपाईहरु आफै त्यसलाई समाधान गर्न सक्षम पनि हुनुहुन्छ । त्यस्ता समस्या महासंघको केन्द्रबाट पनि समाधानका लागि हामीले निर्वाचनका समयमा आश्वासन दिएका थियौं । अहिले ती पुरा गर्ने समय आएको छ,” उनले भने, “हामी हाम्रा आश्वासन पुरा गर्न तत्पर नै छौं ।”

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : ३८ बजे

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर