५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षकहरु नायव प्रहरी उपरीक्षमा बढुवाका लागि सिफारिस



काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक र नायव प्रहरी उपरीक्षकहरुको बढुवा भएसँगै रिक्त भएको ४६ नायव प्रहरी उपरीक्षक पदमा प्रहरी निरीक्षकहरुको बढुवा गर्न सिफारिस गरिएको छ । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस भएका हुन् ।

आइतबार बसेको बढुवा समितिले रिक्त रहेको जनपदतर्फको डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव एआईजी निरजबहादुर शाहीका अनुसार बरियता क्रममा चिरन्जिवि दाहाल पहिलो र रेशम बोहरा दोश्रो नम्बरमा बढुवा भएका छन्। यस्तै भोला कुमार भट्ट, सुरज कार्की क्रमशः तेश्रो र चौथो नम्बरमा बढुवा भएका छन्।

नेपाल प्रहरीको जनपद तर्फ केही नायव प्रहरी उपरीक्षकको अनिवार्य अवकास र केही नायव प्रहरी उपरीक्षकमा बढुवा भएसँगै ४६ नायव प्रहरी उपरीक्षक पद रिक्त भएको थियो।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/01/promotion-dsp-janapad-2077-10-18.pdf”]

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ०० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं