२ भदौ २०८३, मंगलबार | August 18, 2026

बागमती प्रदेशको प्रदेशसभा बैठक विशेष कारण देखाउँदै स्थगित



काठमाडौं । मुख्यमन्त्री डोरमणी पौडेल विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको बागमती प्रदेशसभाको बैठक एका बिहानै सूचना टाँस गरी स्थगित गरिएको छ । विशेष कारणवश भन्दै बिहानै सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि प्रदेशसभा बैठक स्थगन भएको हो ।

सोमबार दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । तर विशेष कारण के हो भन्ने बिषय सचिवालयले उल्लेख गरेको छैन ।

प्रदेशसभा सचिवालयको सुचना अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

माघ ९ गते बसेको प्रदेशसभाको पहिलो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि कार्यविधिमाथि सामान्य छलफल र दर्ता प्रक्रियालाई पुरा गरे लगत्तै स्थगित भएको थियो ।

बैठक बस्नु अगाडी कार्यब्यवस्था समितिको बैठकले अविश्वासको प्रस्तावको छलफलको कार्यबिधि बनाउने र आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।

बागमती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : २३ बजे

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको