७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बागमती प्रदेशको प्रदेशसभा बैठक विशेष कारण देखाउँदै स्थगित



काठमाडौं । मुख्यमन्त्री डोरमणी पौडेल विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको बागमती प्रदेशसभाको बैठक एका बिहानै सूचना टाँस गरी स्थगित गरिएको छ । विशेष कारणवश भन्दै बिहानै सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि प्रदेशसभा बैठक स्थगन भएको हो ।

सोमबार दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । तर विशेष कारण के हो भन्ने बिषय सचिवालयले उल्लेख गरेको छैन ।

प्रदेशसभा सचिवालयको सुचना अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

माघ ९ गते बसेको प्रदेशसभाको पहिलो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि कार्यविधिमाथि सामान्य छलफल र दर्ता प्रक्रियालाई पुरा गरे लगत्तै स्थगित भएको थियो ।

बैठक बस्नु अगाडी कार्यब्यवस्था समितिको बैठकले अविश्वासको प्रस्तावको छलफलको कार्यबिधि बनाउने र आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।

बागमती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : २३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल