१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

आइएमई मोटर्सद्वारा ग्राहकलाई भाइकिङ २२२ मोडलका बस हस्तान्तरण



काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.ली.द्वारा प्रवर्द्धित अशोक लेलैण्डले आफ्ना ग्राहकहरुलाई भाइकिङ २२२ मोडलका बसहरु हस्तान्तरण गरेको छ ।

‘काठमाडौंमा एक कार्यक्रम गरी कम्पनीले ती बसहरु हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडीका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा एकसयवटा भन्दा भाइकिङ २२२ सडकमा गुडिरहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सोमबार डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् । गाडी लिने मध्ये एक ग्राहकले भनेका छन्, ‘यो गाडी मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा Viking बसहरु छन्, जुन अहिले पनि पुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन् । ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले Viking 222 लाई नै रोजे र साथिहरुलाई अरु ब्राण्डतिर नजानपनि सलाह दिन्छु ।

Viking 222, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ, जसले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

Viking 222मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डाइरेक्ट ड्राइभ, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडी भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए । ।

नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ गाडीहरु चल्दै आएका छन् । अत्याधिक मागअनुसार कम्पनीले ग्राहकहरुलाई बिशेष सर्भिस पनि दिँदै आएको छ ।

आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुदाकुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

 

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : ५५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग