१६ असार २०८३, मंगलबार | June 30, 2026

संवैधानिक आयोगमा नियुक्तिको विरोधमा प्रचण्ड-नेपाल नेकपाद्वारा भोलि आम हड्ताल आह्वान



काठमाडौं । सरकारले असंवैधानिक तरिकाले संवैधानिक आयोगमा नियुक्ति गरेको विरोधमा प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशव्यापी आमहड्तालको आह्वान गरेको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध अहिलेसम्म सडकसंघर्ष रहेको प्रचण्ड नेपाल पक्षले आम हड्ताल नै गर्न लागेको पहिलो पटक हो ।

आम जनतालाई सबैभन्दा बढी प्रभावित बनाउने हड्ताल जस्तो अप्रिय निर्णय लिन लागेको बारे पार्टीले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ । आम हड्ताल ओली नेकपाले काठमाडौंमै गर्न लागेको शक्ति प्रदर्शनको ठिक एक अघि अघि गर्न लागिएको छ ।

सरकारले विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेको पदमा जवरजस्ती नियुक्ति गरेपछि त्यसको सबैतिरबाट विरोध भएको छ । संसदीय सुनुवाई विना भएको नियुक्तिको विरोध गर्दै सभामुख अग्नि सापकोटा र उपराष्ट्रपति नन्दबहादुर पुनले सपथ ग्रहण समारोह बहिस्कार गरेका थिए

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड नेपाल नेकपा पुष ५ गतेदेखि नै सडक आन्दोलनमा छ । माघ ९ गते काठमाडौंमा वृहत प्रदर्शन गरेको नेकपाले यही माघ २८ गते काठमाडौंमै अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १२ : ४० बजे

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा