२३ माघ २०८२, शुक्रबार | February 6, 2026

ग्लोबल आइएमई बैंकले गर्यो सिन्धुली शाखाको औपचारिक उद्घाटन



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै संयोजक तिवारीले देशकै ठूलो बैंक ग्लोबल आइएमई बैंकले साना किसान तथा व्यवसायीहरुका लागि उत्थानका कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।
उनले बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकहरुसँग समन्वय गरेर काम गर्न समेत सुझाव दिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिए ।

उहाँले लगानी र मुनाफा दुबै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै एक नम्बर बैंक हुने विश्वास लिएको बताए । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष बैदारले ग्लोबल आइएमई बैंकले व्यवसायीमैत्री सेवा प्रदान गर्न आवश्यक रहेको बताए ।

बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरुलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए । उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।

उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरेका थिए । साथै उनले निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि त्तच् ऋयमभ क्तबलमभभ हस्तान्तरण गरेका थिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६७ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : ५० बजे

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)