२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, नेकपा नेता रामचन्द्र झा घाइते



जनकपुर । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा आयोजित आम हड्तालको क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपका क्रममा नेकपा नेता रामचन्द्र झा घाइते भएका छन् । टाउकोमा चोट लागेका झाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको छ । झासहित अन्य केही नेता घाइते भएको नेकपाले जनाएको छ ।

जनकपुरको शिव चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडी र ना १ क ५१२ नम्बरको प्रहरीको भ्यानमा तोडफोड गरेका छन्।

झडपलाई नियन्त्रणमा लिन पनि प्रहरीले लाठीचार्ज र केही सेल अश्रु‌ ग्यास पनि प्रहार गरेको थियो ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  २ : ०३ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट