२८ बैशाख २०८३, सोमबार | May 11, 2026

‘फाइभ जी’को तयारी गर्न नेपाल टेलिकमलाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सुझाव



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले ‘फाइभ जी’ सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन् ।

बिहीबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै ‘फाइभ जी’मा जानको लागि तयारी गर्नुपर्ने बताएका हुन् ।

फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारीता समिक्षा गर्दै फाइभ जी तर्फ जानुपर्ने आवश्यकता रहेको गुरुङको भनाइ छ । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहिन नबनाउन उनले आग्रह समेत गरे ।

मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताए । टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उनो भनाइ छ । गुरुङले कर्मचारीको नियमावली पास गरेर कर्मचारी व्यवस्थापनको क्षेत्रमा नयाँ ढंगले सुधार गर्नुपर्ने पनि बताए । कर्मचारीहरुले फिल्डमा जान मन नगरेको भन्दै उनले कार्यविधि बनाएर कर्मचारी एकपल्ट फिल्डमा जानैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

संस्थाको हितको निम्ति कर्मचारीहरुले उठाएका आवाजहरुलाई पुरा गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ । कर्मचारीको वृत्तिविकास र हकहितमा मन्त्रालयले ध्यानदिने भएपनि कर्मचारीको मागहरु व्यक्ति केन्द्रित नभई टेलिकम र सेवाग्राहीको हितमा पनि हुनुपर्ने उनले बताए ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब रुपैयाँ नाफा गरेको छ ।

टेलिकमले आर्थिक वर्ष २०७६/७७ मा ४२ अर्व ९८ करोड रुपैयाँको कारोबार गरेको थियो । त्यसअघिको आर्थिक वर्ष २०७५÷७६ मा टेलिकमको कारोबार ३३ अर्ब ३० करोड रुपैयाँको रहेको थियो ।

नेपाल टेलिकमले मंसिर महिनाको अन्त्यसम्ममा २ करोड ९ लाख २७ हजार जनालाई ‘भ्वाइस’ सेवा प्रदान समेत गरेको छ । टेलिकमका जीएमएम मोबाइल सेवाका ग्राहक १ करोड ८४ लाख ३१ हजार रहेका छन् । यस्तै, १८ लाख ८ हजार ग्राहकले सीडीएमए सेवा र ६ लाख १७ हजार ग्राहकले पीएसटीएन सेवा लिइरहेका छन् । गत कार्तिकसम्म भ्वाइसतर्फ ५३.६५ प्रतिशत बजारहिस्सा रहेको टेलिकमले जनाएको छ । टेलिकमका इन्टरनेट डाटा प्रयोगकर्ताको संख्या गत मंसिरसम्म १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ४ : ३९ बजे

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका

शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा १६ खर्ब ५९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात

ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा