१ पुस २०८२, मंगलबार | December 16, 2025

जनकपुरमा प्रहरीको कुटाईबाट गम्भीर घाइते रामचन्द्र झासहित चार जनालाई काठमाडौं ल्याइयो



काठमाडौं । जनकपुरमा प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता रामचन्द्र झासहित चार जना प्रदर्शनकारीलाई काठमाडौं ल्याइएको छ ।

आम हड्ताल सफल बनाउने क्रममा प्रदर्शनमा उत्रिएका नेता रामचन्द्र झासहितको प्रदर्शनकारी र प्रहरीबीच जनकपुरको शिव चोकमा झडप भएको थियो । प्रहरीको लाठी प्रहारबाट टाउकोमा चोट लागेका झाको प्रादेशिक अस्पतालमा उपचार भएको थियो । तर, टाउकोमा गम्भीर चोट लागेका झाको अत्यधिक रक्तश्राव भैरहेपछि जटिल अवस्था हुनसक्ने भएकाले काठमाडौं रिफर गरिएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

झडपमा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव, शहीद नगरपालिकाका मेयर उदय बरबरिया र प्रदिप साहलाई पनि झासँगै काठमाडौं रिफर गरिएको छ । पूर्वमन्त्री यादवलाई तिघ्रामा अश्रुग्याँसको सेल लागेर चोट लागेको थियो ।

जनकपुरबाट बुद्ध एयरको विमानबाट चारै जनालाई उपचारका लागि काठमाडौं पठाइएको नेकपाले जनाएको छ ।

जनकपुरको शिव चोकमा बिहीबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडी र ना १ क ५१२ नम्बरको प्रहरीको भ्यानमा तोडफोड गरेका थिए ।

झडपलाई नियन्त्रणमा लिन पनि प्रहरीले लाठीचार्ज र केही सेल अश्रु‌ ग्याँस र दर्जन राउण्ड हवाई फायर प्रहार गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ५ : ५७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा