२० मंसिर २०८२, शनिबार | December 6, 2025

कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन



पोखरा । काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघलाई पुनर्गठन गरिएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित संघको केन्द्रीय बैठक र घोषणासभा कार्यक्रमबाट संघलाई पुनर्गठन गरिएको हो ।

पुनर्गठित कार्यसमितिमा अध्यक्षमा पुरानै अध्यक्ष देवेन्द्र शेरचन कायम रहेका छन् भने उपाध्यक्षमा यस अघिका केन्द्रीय सदस्य बृजेन्द्रबहादुर हमाल चयन भएका छन् । त्यसैगरि यस अघिका सचिव सुवोध प्रधानलाई महासचिव बनाईएको छ भने सचिवमा बीरबहादुर खड्का, बखतबहादुर शाही र मनिष जोसी चयन भएका छन् । कोषाध्यक्षमा दशरथ रिसाललाई चयन गरिएको छ ।

त्यसैगरि संघको ७ वटै प्रदेशका लागि प्रदेश संयोजक समेत तोकिएका छन् । जस अनुसार प्रदेश १ संयोजकमा बसन्तराज अर्याल, प्रदेश २ मा बैजनाथ यादव, बाग्मती प्रदेशमा दिपक गुरुङ, गण्डकी प्रदेशमा हरिश्वर पोखरेल, लुम्बिनी प्रदेशमा नरेन्द्र थापा, कर्णाली प्रदेशमा हरिबहादुर विष्ट र सुदुपश्चिम प्रदेशमा श्याम विष्टलाई मनोनित गरिएको छ ।

संघका अध्यक्ष शेरचनका अनुसार यस अघिको केन्द्रीय समितिमा केहि हेरफेर गरिएको छ । अध्यक्ष शेरचनले प्रस्ताव गरेको पुनर्गठित केन्द्रीय समितिलाई कांग्रेसका खेलकुद विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अनुमोदन गरेका थिए ।

कार्यक्रममा बोल्दै खेलकुद विभाग प्रमुख बस्नेतले पुनर्गठित समितिले सक्रियता बढाएर प्रदेश र जिल्ला तहमा कार्यक्रम अगाडि बढाउने बताए ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ९ : ५८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले