१६ असार २०८३, मंगलबार | June 30, 2026

ओलीसँग इतिहासले एक एक हिसाबको बदला लिनेछ : माधव नेपाल



काठमाडौं । प्रचण्डनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चक्रपथमा सेनाको बख्तरबन्द गाडी कुदाएर देश कब्जाको रिहर्सल गरेको आरोप लगाएका छन् ।

शुक्रबार बिहान ललितपुरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले ओलीले सत्ता मात्रै नभएर देश कब्जा गर्न खोजेको आरोप लगाउँदै उनीसँग कोही नडराउने बताए । ‘केपी ओलीलाई चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन’, नेपालले सेनाका गाडी गुडाएर कोही नतर्सिने भन्दै चेतावनी दिँदै भने, ‘केपी ओलीसँग इतिहासले एक एक हिसाबको बदला लिनेछ ।’

नेपालले अहिलेको विवाद नेकपाभित्रको मात्रै विवाद नभएर देश नै कब्जा गर्ने ओली प्रवृति विरुद्धको टकराव भएको बताए । नेकपाको विवादलाई आन्तरिक विवाद मात्रै नसोच्न आग्रह गर्दै नेपालले लोकतन्त्र र संविधानको रक्षाको लागि अब सबै उठिसकेको अवस्था भएको जिकिर गरे । उनले भने, ‘हामी जिल्ला जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

नेपालले ओलीलाई गणेश प्रवृतिका मान्छेले बा भन्दै पूजाआजा गरिरहेको बताउँदै बालाई पूजा गर्नेहरुको शक्ति नभएको दाबी गरे । उनले जिल्लदेखि केन्द्रसम्म आफुहरु बहुमतमा रहेको दाबी गर्दै कोही व्यक्ति चोइटिएर जान्छन् भने उनीहरुलाई जान दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : ३६ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी