१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको सुरुआती गतिविधिप्रति असन्तुष्टि जनाउँदै यसको लक्षण राम्रो नदेखिएको बताएका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपालले सरकारले एक सय दिन पनि पूरा नगर्दै जनतामा निराशा उत्पन्न गर्ने संकेत देखिएको उल्लेख गरे।

उनले जनतालाई पीडा र यातना दिने खालका गतिविधि नगर्न सरकारलाई आग्रह गर्दै सुरुदेखिको कार्यशैलीले धेरै आशा गर्ने अवस्था नरहेको बताए। “तत्कालका केही दमनपूर्ण सरकारी कदमबाट आत्तिनु हुँदैन, न्यायको पक्षमा दृढतापूर्वक उभिनुपर्छ,” उनले भने। अधिकारका निम्ति सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए।

नेपालले वास्तविक सुकुमबासीको पहिचान नगरी डोजर चलाइएको विषयलाई अन्यायपूर्ण भएको बताए। “वैकल्पिक व्यवस्था नगरी सुकुमबासीमाथि दमन गर्नु जायज होइन,” उनले भने, “यसले जनताको बास बस्ने अधिकार खोसिरहेको छ।”

उनले सरकारलाई तत्कालै आरोप लगाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै सुधारको अवसर दिनुपर्ने धारणा राखे। “भावना पवित्र छ भने चालिने कदम पनि उचित हुनुपर्छ,” उनले भने, “जनविरोधी काम नगर्न सरकारलाई सावधान गराउँछौं।”

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १ : २८ बजे

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित