२२ बैशाख २०८१, शनिबार | May 4, 2024

पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावले आज शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।

उच्च हिमाली भूभागमा हिमपात भएको छ । आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । “पश्चिमी वायु सक्रिय नभएकाले ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्र रहेको छ”, मौसमविद् अर्यालले भन्।

पश्चिमी भूभागमा आज ७.८ मिलिमिटर वर्षा भइसकेको बताइएको छ । यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।

देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १ : ०८ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि