१६ असार २०८३, मंगलबार | June 30, 2026

मांसाहारी आन्दोलन गर्न खोज्नेलाई जाउलाखेलको ‘जु’ मा बन्द गर्दिने गृहमन्त्री थापाको चेतावनी



काठमाडौं । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्न खोज्नेहरुलाई चिडियाखानाभित्र थुन्ने चेतावनी दिएका छन् ।

नारायणहिटी राजदरबार अगाडि आयोजित बृहत् सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसाहारी आन्दोलनलाई नेपालको कानुनले बर्जित गरेको हुँदा उनीहरुलाई जाउलाखेलको चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका हुन् ।

थापाले भने, ‘दुई तिहाई बहुमतको पार्टीलाई छिन्नभिन्न बनाउन चाहने ती गुटवादी फुटवादीहरुलाई म भन्न चाहन्छु, तपाईंहरुको स्थान चिडियाखाना हो ।’

थापाले अहिले फुटवादीहरुले अस्थिरता र प्रतिगमन सुरु गरेको बताउँदै उनीहरु विरुद्ध तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरे ।

‘अहिलेको अस्थिरता र प्रतिगमन पार्टी नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ । दुई तिहाई बहुमतको नेतृत्व हटाउन खोज्ने षड्यन्त्रसँग जोडिएको छ’, थापाले भने, ‘यो अस्थिरता सम्माननीय राष्ट्रपतिलाई मानमर्दन गर्ने षड्यन्त्रसँग जोडिएको छ । यो परिस्थितिको सामाना गर्नका लागि जनतालाई आन्दोलित गरेर मात्र सम्भव छ ।’

थापाले फुटवादीहरुले नेतृत्वले आत्मसमर्पण गरेन भनेर विस्थापित गर्न षड्यन्त्र गरेको भन्दै उनीहरुको षड्यन्त्र कहिल्यै पुरा नहुने दाबी गरे ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  २ : ०१ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी