२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नबिल बैंक र उपाय सर्भिसेस लिमिटेडवीच सम्झौता, साना र मझौला उद्यमीलाई कर्जामा सुविधा



काठमाडौ । नबिल बैंक र उपाय सर्भिसेस वीच बैंकका ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ ।

यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिनेछन् । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्द गराउनेछ ।

बैंकका एस.एम.ई तथा लघुबित्त प्रमुख निरज कुमार बस्नेत (डनिल), र उपाय सर्भिसेसका महाप्रबन्धक राजु के.सीले सम्झौता, पत्रमा हस्ताक्षर गरेका छन् ।
साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई तथा लघुबित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने, “नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहु“चमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ ।

हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौ । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउ“छ ।”

“नबिल बैंक लिमिटेडस“गको सहकार्य निकै फलदायी भएको छ, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भने । उनले भने “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ । बैंकका १००ं भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् ।”

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ४ : ५७ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ