११ भदौ २०८३, बिहिबार | August 27, 2026

पर्यटन प्रर्वद्धनका लागि साइकल यात्रा



बर्दिया । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बाँकेको नेपालगन्जबाट शुरु भएको ‘टुर डे ठाकुरद्वारा’ साइकल यात्राको टोली बर्दिया पुगेको छ । बर्दियाको कृष्णसार संरक्षण पुगेको साइकल यात्राको टोलीलाई जिल्ला समन्वय समिति बर्दियाका संयोजक सहितको टोलीले स्वागत गरेको थियो ।

नेपालगन्ज साइक्लिङ क्लब र नाट्टा बाँकेले आयोजना गरेको साइकल यात्रा आज विहान नेपालगन्जको बागेश्वरी मन्दिर पूर्वपट्टिबाट सुरु भएको थियो । यात्राको सुभारम्भ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले गरेका थिए । बाँके र बर्दियाका पर्यटकीय क्षेत्रका प्रचार प्रसार गर्ने उद्देश्यले सुरु गरेको साइकल यात्रा बाँकेको नेपालगन्ज, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बर्दियाको बढैयाताल, गुलरिया, कृष्णसार संरक्षण क्षेत्र, मधुवन, ओरालीबजार, डल्ला होमस्टेहुँदै ठाकुरबाबा मन्दिरसम्म हुनेछ ।

कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई उकास्न र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न साइकल यात्राको तेश्रो संस्करणको आयोजना गरिएको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । भोली (शनिबार)े ठाकुरद्वारामा पर्यटन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरी २५ गते नेपालगन्ज फर्कनेछ । यात्रामा नेपाल र भारतका दुई सय ५५ जनाको सहभागिता रहेको नाट्टा बाँकेका अध्यक्ष सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : २३ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका