९ कार्तिक २०८३, सोमबार | October 26, 2026

भोलिबाट नेपालगन्ज साइकल फेस्टिवल अन्तर्गत ‘टुर द ठाकुरद्वारा’



नेपालगन्ज । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा ‘टुर द ठाकुरद्वारा’ को तयारी पूरा भएको छ ।

यही माघ २६ गते नेपालगन्जबाट सुरु हुने ‘टुर द ठाकुरद्वारा’को यात्रा २७ गते बर्दियाको ठाकुरद्वारामा सम्पन्न हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा दुई सयभन्दाबढी साइकलयात्री सहभागी हुने छन् । कार्यक्रम संयोजक सतिस निरौलाका अनुसार बाँकेको बागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा एक सय ४ किलोमिटर लामो रहेको छ ।

उनले बागेश्वरी मन्दिरबाट सुरु भई साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने बताए । चीन र भारतबाटसमेत साइकल यात्रीको सहभागिता रहने कार्यक्रम संयोजक निरौलाले बताए । टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब रु २७ लाख खर्च हुने अनुमान गरिएको उनले जनाकारी दिए ।

साइकल यात्रामा सहभागी हुने साइकलयात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १० : ०८ बजे

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना