९ कार्तिक २०८३, सोमबार | October 26, 2026

नेपालगन्ज साइकल उत्सवको तयारी तिब्र



नेपालगन्ज । नेपालगन्जमा नेपालगन्ज साइकल उत्सवको तयारी तिब्र पारिएको छ । टुर दि ठाकुराद्वाराको मिति नजिक आउँदै गर्दा साइकल उत्सवको तयारी तिब्र पारिएको हो ।

पूर्व तयारी अन्तर्गत आज नेपालगन्ज साइक्लिङ क्लबको बैठक सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको बैठकले नेपालगन्ज साइकल फेस्टिबल अन्तर्गतको नेपालगन्ज किड्स रेस सम्पन्न गर्न क्लबका सल्लाहकार रमेशकुमार मल्लको संयोजकत्वमा उपसमिति गठन गरिएको क्लबका सहसचिव दिपक मल्लले जानकारी दिए ।

बैठकले टुर दि ठाकुरद्वारमा सहभागिता जनाउने मेचीमहाकाली साइकल यात्रा पुरा गरेका साइकल यात्रीहरु तथा सम्पुर्ण महिला सहभागीलाई रजिस्ट्रेसन शुल्कमा ५ सय रुपैयाँ छुट गर्ने निर्णय गरिएको क्लवका उपाध्यक्ष सुरेन्द्रदीप कार्कीले बताए । कार्कीका अनुसार १५ बर्ष मुनिका सहभागी १ हजारको रजिष्ट्रेसनमा सहभागी गराइने भएको छ ।

नेपालगन्ज साइकल उत्सव अन्तर्गत सहभागीलाई बिशेष अफर सहित माघ २८ गते माउन्टेन फ्लाइट मार्फत कैलाश दर्शनका लागि ब्यबस्थापन मिलाइएको क्लवका इभेन्ट डाइरेक्टर सतिश निरौलाले जानकारी दिए।

साइकल यात्रालाई थप रोमाञ्चक र मनोरम बनाउन कार्यसमिति सदस्य बाबुराम बिकको संयोजकत्वमा रुट ब्यबस्थापनको जिम्मेवारी दिइएको र शनिबार भित्र फाइनल रुट तय गरिने उपाध्यक्ष कविराम बुढाथोकीले बताए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १० : २१ बजे

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना