९ कार्तिक २०८३, सोमबार | October 26, 2026

नेपालगन्जको बागेश्वरी मन्दिरबाट छुट्यो ‘टुर दि ठाकुरद्वारा’का लागि साइकल यात्रा



नेपालगन्ज । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न भन्दै गरिएको नेपालगन्ज साइकल फेस्टिवल अन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ को लागि आज नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको लागि साइकल यात्रा सुरु गरिएको छ । नेपालगन्ज साइक्लिङ क्लवको आयोजनामा नेपालगन्जको बागेश्वरी मन्दिरबाट आज विहान आठ बजे साइकल यात्रा शुरु भएको हो ।

विश्व साइकलयात्री पुष्कर शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीलगायतको उपस्थितिमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ‘टुर दि ठाकुरद्वारा’को उद्घाटन गरे ।

विगत ६ वर्षदेखि संचालन हुँदै आएको ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्राले नेपालगन्जदेखि ठाकुरद्वारासम्मको एक सय तीन किलोमिटरको दुरी पार गर्ने छ । यात्रा परिधी भित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थलमा पुगेर साइकलयात्रीले त्यसको प्रचार प्रसार गर्ने गर्दछन् ।

साइकलयात्रामा भारतका १५ जनासहित धरानदेखि महेन्द्रनगरसम्मका २ सय २५ जनाको सहभागीता रहेको क्लवका निवर्तमान अध्यक्ष तथा ‘टुर दि ठाकुरद्वारा’का कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए ।

क्लवका अध्यक्ष प्रदीप सापकोटाले बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार गर्न थालिएको ‘टुर दि ठाकुरद्वारा’ सम्पन्न गर्न २७ लाख खर्च हुने अनुमान गरिएको बताए ।

साइकलयात्रा भोली सकिने छ । यात्रामा चिकित्सक, उद्योगी व्यापारी, राजनीतिज्ञको पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १ : २३ बजे

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना