२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एक लाख ७१ हजारले लगाए ‘कोभिशिल्ड’ खोप



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४ सय ८६ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २ सय १ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४ सय ८६ जनाले लगाएको जानकारी दिए ।

उनकाअनुसार प्रदेश नम्बर १ मा २३ हजार ८२ जना, प्रदेश नम्बर २ मा २२ हजार ७ सय ५६ जना, बागमती प्रदेशमा ५९ हजार ९ सय ४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३ सय १५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८ सय ९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६ सय ८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनालाई खोप दिइएको छ ।

यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप (आज) शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : ५५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल