१८ श्रावण २०८३, सोमबार | August 3, 2026

खैरो हिरोइनसहित दुई जना पक्राउ



कञ्चनपुर । बेलडाँडी गाउँपालिका-३ वनकुरुवा नजिकैको नेपाल-भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

स्तम्भ नम्बर ७८३र२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका-१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट लागुऔषधसहित बा ६८ प ३१६९ नम्बरको मोटरसाइकल, नगद रकम रु चार हजार, बैंक चेक, मोबाइल झोला र भारतीय सीमकार्ड बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

उनकाअनुसार लागुऔषधसहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : १७ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।