४ भदौ २०८३, बिहिबार | August 20, 2026

आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ : अभिलाषाको विजयी सुरुआत



काठमाडौं । नेपालका अभिलाषा विष्टले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी सिद्धि खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । अभिलाषाले गत शनिबार सम्पन्न सर्किट १ को महिला डबल्समा जर्मनीकी सोन्जोसंग मिलेर स्वर्ण जितेकी थिइन् ।

पुरुष सिंगल्समा नेपालका निसान श्रेष्ठ, निहालजंगबहादुर थापा, आर्यन गिरी, प्रसिद्ध मोक्तान, आरभसम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धरले आ–आफ्नो प्रतिद्वन्द्वीसंग पराजय भोगे । महिला सिंगल्समा नेपालका श्रेया भट्टराई, प्रकृति श्रेष्ठ, अजा रेग्मी, श्रृष्टि राई, इशाश्री शाह, रायना शाह र सर्वानी श्रेष्ठले आ–आफ्नो खेल गुमाए ।

यु–१८ उमेरसमूहको प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन् । प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्रको सहभागिता रहेको प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ११ : ०६ बजे

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या