५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रचण्ड-नेपाल नेकपाको विरोध प्रदर्शन सुरु, काठमाडौंको ट्राफिक अस्तव्यस्त



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले गर्न लागेको विरोध प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ ।

प्रचण्ड नेपाल नेकपाले गर्न लागेको आज उपत्यकामा काठमाडौं बाहिरबाट ठूलो संख्यामा कार्यकर्ता, समर्थकहरु उतारेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा गर्न लागेको विरोध प्रदर्शनमा २ लाख बढीको सहभागिता हुने दाबी गरेको नेकपाले उपत्यकाका विभिन्न स्थानबाट जुलुस निस्किन सुरु भएको छ ।

नेकपा प्रदर्शन सुरु हुनु अघि नै चक्रपथभित्रको ट्राफिक अस्तव्यस्त बन्न थालेको थियो । काठमाडौं बाहिरबाट आएको जुलुस विभिन्न स्थानमा केन्द्रित हुँदै निर्धारित जुलुस रुटमा प्रवेश गर्ने क्रमबाटै ट्राफिक जाम सुरु भएको हो ।

ठूला जुलुस पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट निस्किँदैछन् । जुलुसको नेतृत्व नेकपाका शिर्ष नेताहरुले गरेका छन् ।

जुलुस रत्नपार्क र भद्रकाली सडकको बीचमा मुलसडकमै विरोध सभामा परिणत हुनेछ । काठमाडौंको मुख्य केन्द्रको मूल सडकमै सभा हुनेभएपछि ट्राफिक बेलुकासम्मै अस्तव्यस्त हुने देखिएको छ ।

टुँडिखेल वरिपरिको सडक बन्द हुँदा त्यसको चाप रामशाहपथ पुतलीसडक सडकलाई पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थानलाई छोडेर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ११ : ४५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं