१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

राजपाद्वारा आज पनि संसद बैठक अवरूद्ध



राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे प्रतिनिधिसभाको बैठक अवरूद्ध गरेको छ।

संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकको सुरूमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटको लागि स्थगित गरेका थिए।

गत बुधबारको बैठकमा पनि राजपाका सांसदले मधेस आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दे उभिएर विरोध गरेका थिए। लगत्तै सभामुखले त्यसबारे सरकारलाई रुलिङ गरेका थिए।

आइतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकारले संसदको निर्देशन कार्यान्वयन नगरेको भन्दै संसदको मातहतमा सरकार छ कि छैन ? भनी प्रश्न गरे।

उनले भने, ‘यो सरकार संसदबाट बनेको हो कि होइन थाहै हुँदैन । यो संसद मातहत सरकार हो कि होइन ?संसदले बनाएको सरकार हो कि होइन ? यदि संसदले बनाएको सरकार हो र सरकार संसदप्रति जिम्मेवार छ भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि स्वयम् संसदबाट सभामुखले गरेको ध्यानाकर्षण पनि ठूलो हो। संसदको आदेश र निर्देशनलाई पनि नमान्ने ? सरकारले अहिले सम्म पनि प्रतिवेदन सार्वजनिक नगरेका कारणले यो प्रतिवेदन सार्वजनिक नभएसम्म हामीले संसद चल्न दिन्नौं। हामीले संसद अवरोध गर्छौं।’

यसैबीच १० मिनेटका लागि स्थगित भएको संसद यो समाचार तयार पार्दासम्म पनि सुरू हुन सकेको छैन ।

संघीय संसद भवनमा अहिले बैठक सञ्चालन गर्ने बारेमा सहमतिको प्रयास भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ५ : ५३ बजे

संयम, विश्वसनीयता र पुस्तान्तरणको बहसबीच उभिएकी उम्मेदवार – कल्पना शर्मा

काठमाडौं । काठमाडौं-५ यतिबेला केवल चुनावी प्रतिस्पर्धाको मैदान मात्र होइन,

दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक