१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

ल्होछारका कारण चीनका दुवै नाका बन्द



काठमाडौ । भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन् । ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ ।

कोरोनाका कारण लामो समय बन्द भएर एकतर्फी रुपमा पुनः सञ्चालनमा आएका दुवै नाका ल्होसारका कारण बन्द हुँदा नेपालमा हुँदै आएको आयात ठप्प भएको छ । चिनियाँ ल्होसारका कारण बिहीबारबाट रसुवागढी नाका बन्द भएको हो । केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए
।
उनका अनुसार चिनियाँ भन्सार अधिकारीले करिब १० दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिएका छन् । बुधबारसम्म दैनिक ५ कन्टेनर सामग्री आयात भएको थियो । कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका कारण २० दिन बन्द भएर पुनः सञ्चालनमा आएको तातोपानी नाका ल्होसारका कारण फेरी बन्द भएको छ । गत माघ ८ गतेदेखि बन्द नाका माघ २७ गतेदेखि पुनः सञ्चालनमा आएको थियो । पुनः सञ्चालनमा आएको दुई दिनपछि चिनियाँ कामदार ल्होसार मनाउँन जादा गत शुक्रबारबाट उक्त नाका बन्द भएको छ ।

फागुन ५ गतेसम्म नाका बन्द हुनसक्ने जानकारी आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मितेरी पुलको मर्मत पछि दुई दिनमा १४ कन्टेनर नेपाल प्रवेश गरेका थिए ।

ल्होसार मनाएर चिनियाँ कामदार नाकामा फर्किएपछि दैनिक नेपाली ३० कन्टेनर सामान आउने जानकारी आएको उनले जानकारी दिए । उनका अनुसार प्रत्यक वर्ष ल्होछार मनाउन चिनियाँ कामदार गाउँ फर्किदा नाका बन्द हुनेगर्छ । “चिनियाँले ल्होसारलाई ठूलो चार्डपर्वका रुपमा मनाउँदा केही समय आयात रोकिएको हो, यो प्रत्यक वर्ष हुने नियमित प्रक्रिया हो”, उनले भने ।

लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनःसञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा सञ्चालनमा आएपनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ५९ बजे

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा