१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

पत्रकार गिरफ्तारी सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : कांग्रेस महामन्त्री पौडेल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार लेखेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई गिरफ्तार गर्ने कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले संवैधानिक तथा कानुनी प्रक्रियालाई बेवास्ता गर्दै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत भएको बताएका हुन्।

‘प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,’ पौडेलले भनेका छन्।

उनले सरकारलाई आफ्नो स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन सचेत गराउँदै पक्राउ गरिएका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गर्न माग गरेका छन्।

त्यसैगरी, सञ्चारगृहहरूमाथिको अनावश्यक हस्तक्षेप र निगरानी तत्काल बन्द गर्न तथा सम्बन्धित विषयको सत्यतथ्य कानुनी प्रक्रियामार्फत छानबिन गर्न उनले आग्रह गरेका छन्।

राज्य संयन्त्रबाटै अराजक प्रवृत्ति देखिनु लज्जास्पद र अस्वीकार्य भएको उल्लेख गर्दै पौडेलले आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चारमाध्यमलाई तर्साउने प्रयास तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका प्रधानसम्पादक धीरज बस्नेत र मोटिभेट न्युजका अध्यक्ष एवं प्रधानसम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको थियो। यस घटनापछि पत्रकारिता क्षेत्र तथा विभिन्न राजनीतिक दलका नेताहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै आपत्ति जनाउँदै आएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ८ : ११ बजे

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा