१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

धनगढीको श्री त्रिनगर कृषि हाटबजारमा पुग्यो माछापुच्छ्रे बैंक, सुरु गर्यो क्युआर कोड सेवा



काठमाडौ । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको धनगढी स्थित श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलबार नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले गोलभेडा तथा टपरी किनेर त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड मार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन ।

क्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्न जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुलको रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक सुभाष प्रसाद घिमिरेले काठमाडौ बाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए ।

यस्तै कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापाले बैंकले देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए । सो हाट बजारमा रहेका अधिकांश पसलमा  बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : १७ बजे

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा