४ आश्विन २०८३, आइतबार | September 20, 2026

रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यान विजयी



भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘बी’को खेलमा लुम्बिनी शाक्यानले साई ग्लोबल क्रिकेट क्लबलाई २९ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २२.५ ओभर खेल्दै सबै विकेट गुमाई १३९ रन बनायो । उसका लागि अख्तर हुसेनले ३३, अजमत खाँनले २९ र रुपक सापकोटाले २१ रन बनाए । बलिङमा साई ग्लोबलका इमरान पठानले ५, आकाश त्रिपाठीले ३ र जम्बो मगरले २ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको साई ग्लोबलले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमै समेटियो । उसका लागि इमरान खाँनले २६ र आशुतोष पासवानले २५ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अख्तर हुसेनले १० ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ६ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, गंगेशले २ तथा बैतुल्लाह खाँन र अजमत खाँनले समान १÷१ विकेट लिए । आइतबार वेष्टर्न क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ०२ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी