२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यान विजयी



भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘बी’को खेलमा लुम्बिनी शाक्यानले साई ग्लोबल क्रिकेट क्लबलाई २९ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २२.५ ओभर खेल्दै सबै विकेट गुमाई १३९ रन बनायो । उसका लागि अख्तर हुसेनले ३३, अजमत खाँनले २९ र रुपक सापकोटाले २१ रन बनाए । बलिङमा साई ग्लोबलका इमरान पठानले ५, आकाश त्रिपाठीले ३ र जम्बो मगरले २ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको साई ग्लोबलले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमै समेटियो । उसका लागि इमरान खाँनले २६ र आशुतोष पासवानले २५ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अख्तर हुसेनले १० ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ६ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, गंगेशले २ तथा बैतुल्लाह खाँन र अजमत खाँनले समान १÷१ विकेट लिए । आइतबार वेष्टर्न क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ०२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले