५ श्रावण २०८३, मंगलबार | July 21, 2026

महिला हिंसा र बलात्कारको विरोधमा प्रचण्ड-नेपाल नेकपा निकट महिलाहरुको प्रदर्शन



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार अखिल नेपाल महिला संघले प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरुद्ध बिरोध प्रदर्शन गरेको हो । शान्तिबाटिकामा जम्मा भएर महिलाहरुले नाराबाजी सहित बसन्तपुरसम्म विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा नेकपा नेतृहरु अष्टलक्ष्मी शाक्य, शशी श्रेष्ठ लगायतको उपस्थितिमा भएको विरोध प्रदर्शनमा महिला संघका नेता तथा कार्यकर्ताहरुको सहभागता रहेको थियो ।

प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको व्यवस्था गर, महिला अधिकार सुनिश्चित गर लगायतका नाराबाजी गरिएको थियो ।

यस्तै ‘प्रतिगमन मुर्दावाद’, ‘संविधानको रक्षा गरौँ’, ‘निर्मला पन्तको हत्यारालाई कारबाही गर’, ‘भ्रष्ट्राचारीलाई कारबाही गर’, ‘बढ्दो महंगी नियन्त्रण गर’ लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरुले सूर्य चिन्ह तथा हसियाँ हथौडा अंकित झण्डा समेत बोकेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ४५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं