५ चैत्र २०८२, बिहिबार | March 19, 2026

भाञ्‍जा अपहरण गरेर एक करोड फिरौती माग्ने मामा पक्राउ



धनुषा । आफ्नै भाञ्‍जा अपहरणको गरेर एक करोड रुपैयाँ फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन आयोजना गरी नगराइन नगरपालिका-६ लग्मा बस्‍ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्‍न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका-७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई सार्वजनिक गरेको हो ।

महोत्तरीको साबिक दनौली-७ र अहिलेको पिपरा गाउँपालिका-७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका-७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्‍ने नातामा नाबालकका मामा पर्ने दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा दासलाई हिरासतमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन । शनिबार दिउँसो १ बजेदेखि हराइरहेका बालकको खोजतलास हुँदै गर्दा बेलुकी ५ बजेको समयमा मोबाइलबाट फोन गरी बालकको आमासँग रु एक करोड फिरौती रकम माग गरिएको कुरा बालकका अभिभावकले टेलिफोनमार्फत सीमा प्रहरी चौकी लग्मा (जटही) धनुषामा खबर गर्ना साथ प्रहरी अनुसन्धानमा लागेको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए ।

प्रहरी उपरीक्षक रानाभाटका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टोलीको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको सात घण्टाभित्रै सकुशल उद्धार गर्न सफल भएको हो । अपहरणमा संलग्‍न बालकका मामासहित तीनजना पक्राउ परेका छन । पक्राउ पर्ने अन्य दुईजनाको नाम खुलाइएको छैन । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ०४ बजे

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति