२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

आजको मौसम : १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली



काठमाडौं । हाल नेपालभरको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिएको छैन । हाल देशका केही पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

देशका बाँकी प्रदेशहरूको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी प्रदेशहरूको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : ४५ बजे

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम

चार लेनको बन्ने भयो धम्बोझी चोकबाट नन्दनी मीलसम्मको हुलाकी सडक

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अधिकांस भागमा

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले