२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कोरोनाविरूद्धको खोप : ब्राजिलमा फाइजरको खोप सर्वसाधारणका लागि खुला



एजेन्सी (ब्रासिलिया) । ब्राजिलको स्वास्थ्यसम्बन्धी नियमनकारी निकायले फाइजर-बायोएनटेकद्वारा विकसित तथा उत्पादित कोभिड-१९ विरूद्धको खोप सर्वसाधारणका लागि राष्ट्रव्यापीरूपमा प्रयोग गर्न अनुमति दिएको छ ।

कोभिड-१९ को महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावितमध्ये एक दक्षिण अमेरिकी यस मुलुकमा खोपका माध्यमबाट महामारी नियन्त्रणको अभियानलाई सशक्त पार्ने योजनासहित खोपको देशव्यापी प्रयोगका लागि अनुमति प्रदान गरिएको हो ।

एनभिसा नामक स्वास्थ्य निकायका निर्देशकले भने, ‘खोपको अनुगमनकारी संस्थाहरूको १७ दिनको समीक्षापछि एनफाइजरद्वारा विकसित कोभिड-१९ विरूद्धको खोप सर्वसाधारणका लागि खुला गरिएको छ । अब यो पक्कै पनि आपतकालीन प्रयोगका लागि मात्र हुने छैन ।’

खोप प्रयोग गर्न अनुमति दिइएपनि उक्त खोप अहिले ब्राजिलमा उपलब्ध भने छैन । ब्राजिलले अहिलेसम्म चीनमा विकास भएका कोरोना भ्याक र बेलायती अस्ट्राजेनेकालाई भने व्यापक प्रयोगमा ल्याइसकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : ४५ बजे

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली