१३ असार २०८३, शनिबार | June 27, 2026

रुपन्देही सुपरलिग : बुद्ध ८ विकेटले विजयी



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवलले निर्धारित ४६ ओभरको खेलमा ३१.२ ओभरमा अलआउट हुँदै ९४ रन मात्रै बनाउन सक्यो । उसका लागि अरविन सारुले १८, आषिस लोहनी र ईश्वर खनालले १४÷१४ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मीले ४, विपिन खत्री र अमित अग्रहरीले २÷२ तथा रिजन पराजु र अजय त्रिपाठीले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुद्धले १८.२ ओभरमा २ विकेट क्षतिमा ९६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रिजन पराजुले ३६ र निखिल यादवले नटआउट ३२ रन बनाए । बलिङमा बुटवलका अब्दुल नसिम र संदीप बश्यालले समान १÷१ विकेट लिए । रुपेश कुर्मी म्यान अफ द म्याच भए । बिहीबार डिभिजन ‘ए’ का लुम्बिनी खुकुरी क्रिकेट क्लब र एमसीसी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ४९ बजे

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई