१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी विजयी



भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ३९ ओभरको खेलमा ३८.३ ओभरमा सबै विकेट गुमाई १३५ रन बनायो । उसका लागि मोहिन खाँनले नटआउट ३०, विजय प्रजापतीले २२, मोहम्मद हुसेनले १४ र सुशान्त थापाले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका अजय लोनियाले ३, लालबहादुर थापा र शंकर रानाले २÷२ तथा दुर्गेश गुप्ता र साहव आलमले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले ३७ ओभरमा ८ विकेट गुमाई १३८ रन बनाउँदै जित निकाल्यो । उसका लागि संदीप रजालीले ४०, अन्तिम थापाले नटआउट ३३ तथा सेजाद आलम र शंकर रानाले १०÷१० रन बनाए । बलिङमा एमसीसीका सन्तोष रानाले ३, रोशनलाल गुप्ताले २, मोहम्मद हुसेन, शिवकुमार मौर्य र रमेश कुर्मीले समान १÷१ विकेट लिए । खेलमा अन्तिम थापा म्यान अफ द म्याच भए । शुक्रबार डिभिजन ‘ए’ का बुटवल राइनोज र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ५ : १६ बजे

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको