३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवल माविलाई युनाईटेडक‍ो खाद्यान्न सहय‍ोग



बुटवल । युनाइटेड फाईनान्स लिमिटेडको आफनो २५ औ वार्षिकोत्सबको उपलक्ष्यमा बुटवल शाखाद्धारा जितगढि टोल विकास संस्थाको सहकार्यमा बुटवल माविलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

एक समारोहका बिच वडा नं १ का वडा अध्यक्ष महेन्द्र लिगल, युनाईटेडका बुटवल प्रमुख दिनेशचन्द्र ज्ञवाली, वडा सदस्य ज्ञानु लिगल, नरेन्द्र बस्नेत, संस्थाका अध्यक्ष अशोक राईले बुटवल माबिका प्रधानाध्यापक अकरमुल्ला खानलाई ४० हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष महेन्द्र लिगलले विद्यालयको एसईई तयारी विषयमा धेरै तयारी भएको बताउनुभयो ।

विद्यार्थीहरुले प्राप्त सहयोगको बढिभन्दा बढी लाभ लिन जरुरी रहेको भन्दै आगामी वर्षमा समेत कार्यक्रम लैजान सकिने बताउनुभयो । लिमिटेडका बुटवल कार्यालय प्रमुख दिनेशचन्द्र ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तरगत आफ्न‍ो स्थापना दिवसमा सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो । कार्यक्रममा बुटवल माबिका प्रधानाध्यापक अकरमुल्ला खानले
अभिभावक, शिक्षक र विद्यार्थीहरु मिलेर मेहनत गर्न सके प्रतिफल प्राप्त हुने बताउनुभयो ।

कार्यक्रममा विकास संस्थाका अध्यक्ष अशोक राईले सबैको सहयोगबाट विद्यालय सुधार हुने आशा ब्यक्त गर्दै आफनो संस्थाबाट नगद १० हजार सहयोगको घोषणा गर्नुभयो । कार्यक्रममा वडा सदस्य ज्ञानु लिगल, नरेन्द्र बस्नेत,
गढिटोल आमा समुहका अध्यक्ष लक्ष्मी पन्त, संस्थाका सहसचिव शान्ति नेपालले शिक्षाबाट नै समाज परिवर्तन हुने भन्दै सबैको सहयोगबाट सफलता मिल्ने बताउनुभयो ।

विद्यालयमा हाल ३ सय ३५ जना विद्यार्थीहरु अध्ययरत छन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : १२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका