१९ बैशाख २०८१, बुधबार | May 2, 2024

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु विजयी



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वल प्रसाद कसजु विजयी भएका छन ।

संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्ष पदमा कसजु निर्वाचित भएका हुन । अध्यक्ष पदमा निर्वाचित कसजुले ६६२ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४८३ मत प्राप्त गरेका छन ।

संघको नयाँ कार्यसमिति चयनको बिहिबार अधिवेशन अन्तरगत अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन ।

त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ ९३२, दिपकप्रसाद चापागाई ९६९, कृष्ण श्रेष्ठ ९५२, मोह्मद जमिल खान ८५७, सुमोदमान सैंजु ९३१, टिकाराम बञ्जाडे ९५०, त्रिबिक्रम श्रेष्ठ ८८६ मत सहित विजय भएका छ भने महिला सदस्य तर्फ जमुना पौडेल ६३४ र मीना प्रधान ६११ विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिए ।

नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका थिए ।

अध्यक्ष पदमा निर्वाचित भएसंगै कसजुले उद्योगी व्यबसायीको समस्या समाधानको लागि आफ्नो तर्फबाट पहल तथा पैरवी गर्ने र सबैको साथमा अंगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै अध्यक्ष खिमबहादुर हमालले अध्यक्षमा निर्वाचित कसजुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेतृत्व लिएसंगै सबैलाई साथमा लिएर अंगाडी बढ्न आग्रह गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : १४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी