२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दिल्लीमा भड्कियो हिंसा : विद्यालय बन्द, सीमावर्ती राज्यमा हाई एलर्ट



एजेन्सी । भारतमा नागरिकता संशोधन कानुनका कारण सुरु भएको संघर्षले हिंसात्मक मोड लिएको छ । सो प्रकरणमा उत्तरपूर्वी दिल्लीमा हिंसा भड्किएको छ ।

उत्तरपूर्वी दिल्लीमा सोमबार हिंसा भड्किएको समाचारहरु आएका छन् । मंगलबार पनि शान्ति हुने लक्षण देखिएको छैन । मंगलबार विहानैदेखि मौजपुर तथा ब्रह्मपुरी जस्त क्षेत्रमा झडप सुरु भएको छ ।

दिल्लीमा हिंसा भड्किँदा हालसम्म ५ जनाको मृत्यु भइसकेको बताइएको छ । मृत्यु हुनेमध्ये एकजना प्रहरी छन् । साथै १ सयभन्दा बढी घाइते भएका छन् ।

दिल्लीमा मंगलबार विहानैदेखि स्थिति तनावपूर्ण रहेको छ । मंगलबार विहानैदेखि मोटरसाइकलमा आगजनी भएको छ । आज विहानै कम्तीमा पाँचवटा मोटरसाइकलमा आजगनी भएको छ ।

सम्भावित झडपलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यद्यपी कम्तीमा ४५ आगजनीका मामिला आइसकेका छन् । आगजनी नियन्त्रणका लागि गएको एक दमकलमा पनि ढुंगा प्रहार गरिएको छ ।

प्रदर्शनकै कारण ५ वटा मेट्रो स्टेसन बन्द भएका छन् । सरकारले त्यस क्षेत्रमा धारा १४४ लागू गरेको छ । यसका साथै दिल्लीको उत्तरपूर्वी क्षेत्रका सबै विद्यालय तथा कलेजहरु बन्द गरिएका छन् ।

दिल्लीका सीमावर्ती राज्यहरुमा हाई एलर्ट जारी गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा रहेका छन् । ट्रम्प भारत भ्रमणमा रहेका बेला भएको प्रदर्शन र त्यसमा भड्किएको हिंसालाई विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ५० बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी