सुनको पिँजडा [भाग १]

कथा
गणेशबहादुर जीसी
१५ फाल्गुन २०७७, शनिबार

सामान्य पान,गुटखाको व्यापारी थिए सुकलाल गुप्ता । उनले त्यही व्यवसायले तीन छोराहरुलाई महेन्द्र मा.बि मा पढाए । आधा व्यापार आधा स्कूल गर्दै सामान्य सात आठ कक्षासम्म पढाएर गुणन,भागसम्मको हिसाव राम्रोसंग गर्ने र देवनागरिक लिपी हिन्दी र नेपाली राम्रोसंग खर्रर पढ्न,लेख्न सक्ने भएपछि उनीहरुको शैक्षिक गतिमा पूर्णविराम लगाइदिए थिए । त्यसपछि अलिकति आर्थिक ऋण भार उठाएर सानो तिनो किराना पसल सुरु गरे,सुकलालले । सदुपयोग भएको खण्डमा जिन्दगीलाई उठाउने बाटो, दुरुपयोग भएको खण्डमा विनासको बाटो । जे होस उनीहरुको पारिवारिक जिन्दगीको मोड पान पसलबाट किरानातिर सोझियो ।

कथाकार

भाग्यबस व्यवसाय उत्तरोत्तर प्रगतितिर उन्मुख भयो । एक त तीनवटा छोरा पाउनु नै सुकलाल परिवारको लागि लाटरी थियो, संस्कारले दिएको भाग्योदय चिट्ठा । उनले ऋणभार उठाउने आधार र तिर्ने कल्पनाको भरपर्दो श्रोत छोराहरुको विहामा आउने दहेज पनि थियो ।

सुल्टो बाटोबाट उँभो लागेको समय । क्रमशः तीनै छोराहरुको विवाह भयो,एक दुई बर्षको अन्तरालमा । ससुरालबाट माग अनुसार भाग हात लागेको दहेजले उनीहरुको आर्थिक समृद्धि पुष्टिदै गयो,बेलुनमा हावा भरे झैं ।

गतिशीलसमय । सुकलालको जेठो छोरो सुरेशबाट छोरी पैदा भएपछि, बुढाबुढीको नुर घोप्टियो । तर सुरेशको छाति भने गर्वले ढुक्क फुलेको थियो । किनकी बाहिरी सत्संगबाट माझिन चाहने,रुढताको अँध्यारोबाट निस्कन चाहने सुरेश, छोरालाई मात्र सन्तान मान्ने, “छोरा भए फाइदा– छोरी भए घाटा”देख्ने संस्कारदेखि मुक्त हुन चाहन्थ्यो । त्यही संस्कृतिभित्र लक्ष्मीको रुपमा उदाएकी सुनिता संस्कारमाथीको एक झिल्को चुनौति पनि थियो ।

अग्रगामी समयसंग हुर्कदै गरेकी सुुनिता चार बर्षको मैदानमा खेलिरहेकी थिई । छोराहरुलाई टिपटाप संस्कृति सिकाइरहेका सुकलालको लागि नातिनीको पढाई “नजाने गाउँको बाटो” थियो । छिमेकी घरको समकालीन रुद्र गुरुङ्ग सुनिताको दुई बर्षे उमेर देखिको गुडिया खेल्ने बालसखा थियो । जब चार बर्षमा हिड्दै गर्दा रुद्रलाई उसको बाबु लोकबहादुर गुरुङ्गले निजी स्कूल ब्राइटलैण्डमा भर्ना गरिदिए । नयाँ ड्रेसमा झोला बोकेर स्कूलको डब्बामा बसी जाने आउने गरेको रुदलाई्र देखेर सुनिताको मन कल्पित त थियो नै । स्कूलबाट आएपछि रुद्रले सधैं आफmनो स्कूलको बखान–“चिप्लिने खेल्न पाइन्छ, घुम्ने,उफ्रिने खेल्न पाइन्छ । स्कूल मलाई खुब रमाइलो लाग्यो”आदि कुरा गरेर उसले रोमाञ्चकताको वासना सुङ्गाइदिएपछि सुनिताको बालमनको अभिप्साले बाबु गुहार्न लगायो–

“पापा हमुँ पढे जाइबे,रुद्दके इछकूलमैअँ”

रुद्रको स्कूलमा भर्ना हुन जाने छोरीको आकांक्षा सुरेशले बाबु आमालाई राख्यो । पुरातन संस्कृतिको मनोग्रन्थीले ग्रस्त उनीहरुको सहमति राम्रोसंग नउघ्रिएपछि ऊ आफै तम्सियो । छोरीको सकारात्मक आकांक्षालाई जसरी पनि साकार पार्ने अठोट मनमा उमा¥यो,सुरेशले । अनि करीब एक महिनाको अन्तरालमा छिमेकी साथी लोकबहादुर गुरुङ्गको साथमा गएर सुनितालाई पनि भर्ना गरी आयो,ब्राइटलैण्ड स्कूलमै ।

स्कूलमा पढ्दा कहिलेकाँही लैङ्गिग दूरी भए पनि घरमा आएपछि सीमाहीन थिए,उनीहरु । घरमा आएपछि होमवर्क प्राय रुद्रको घरमा हुन्थ्यो भने गुडिया खेलको जमघट सुनिताकै घरमा । छोरीले “मेडम लोग होम वक दिहिन है सिखाइ देओ न पाप्पा”भनेपछि सुरेशले आफनो थाप्लाको भारी गुरुङ्गतिर पन्छाइदिन्थ्यो, “रुद्रके साथ सिख ले जा विटिया । उके बाप सिखाइ देहै ,”भनेर । किनकी अंग्रेजी बिषय उसको लागि गला पासो हुन्थ्यो । लोकबहादुरसंग सुरेशको अन्तरङ्ग सम्बन्ध थियो,दाइ भाईको रुपमा । यसरी सुनिता–रुद्रको घुलमिल धानको व्याड जस्तै थियो,घनिभुत ।

समयले सुनितालाई उडाइरहेको थियो । उमेरले सातको खुट्किलोमा टेक्दा सुनिताका दुई भाईहरुको पनि उदय भैसकेको थियो । सुकलालले परम्पराको मियो समातेर नातिनीको विहाको चर्चा उठाए । सुरेशले असहमति जनाउदै भन्यो–

”अभि नहीँ पापा । सादीका भी उमर होयन्चाही न ? ओह पहिलेको जमाना अब नसोचो । सादी और जवानी एकदुसरेसे अन्तरसम्बन्धित है । लड्की हो वा लड्का बिना खुद सोच समझनेवाले नहो तब तक सादीसे पुरुष और नारी गठबन्धन बेकार है पापा ”। भनेर बाबुको दिमागलाई युटर्न गर्दै संस्कारमाथिको धावा थियो,सुरेशको यो । यद्यपी सुकलाल र दुर्पताको मनले स्वीकार्न गह्रौँ भैरहेको थियो ।

प्हिले त सुकलालको विद्रोह फुट्यो,राता गोलभेँडे आँखा तेर्साउदै भने–”अस कहाँ होई पाई ? कौनमेल बात करथो तु आजके लौँडे । हम अपन परम्परा कैसे तोड सक्ते हैं ? तुरे कहेसे ? यि ना होइपाई” ।

अनि सुरेश असमञ्जसमा परेर समाजमा घटेका जिवित घटनाहरुतिर घोत्लियो । र बालविवाहको दुष्परिणामका स्मृत चित्रका पानाहरु पल्टाउन थाल्यो ः

(१) पोहोर साल, मैकु ठाकुरकी छोरी नन्कीलाई छ बर्ष नपुग्दैमा विहा गरिएको थियो । पछि जोवन फुलेर ढकमक्क भएपछि गौना थौना गरी घर पठाउन तयार पारेकी सोह्र बर्षकी बैँसालु नन्कीको दुल्हाले अर्कै केटी टिपेर अंग्रेज (भारत) बहराइच छिरेछ । फक्रेको वासमती जोवनलाई आफनो दुल्हाप्रति समपिर्त गरेर वासनाको भोग तृप्त गर्ने । अनि नयाँ चरणको दाम्पत्य जीवनको अनुभव गर्ने, प्रतीक्षारत नन्कीका सपनाहरु हावाले उडाएको थियो ।

(२) यस्तै परार साल कल्लु भुजुवाकी छ बर्षकी छोरी अनितालाई रुपैडिहा विहा गरिएको थियो । जोवन फक्रिएर वासना चढेपछि द्विरागमनको लागि बाबुले गौना व्यवस्था गरे । दुलही लिन आएको विवाहित दुलाहा, मानसिक स्थितिमा विचलन आएको, जथाभावी बोल्ने,कुट्ने, रहेछ । गौना दिएर द्विरागमन भएको तनिमहिना मै असैह्य भएर माइत फर्कीएर आएकी अनिता अर्कैसंग पोइल हिडी ।

(३) चार बर्ष अघि सियाराम खट्टिककी छोरी मुन्नी खट्टिकलाई चारै बर्षमा बाबागञ्जमा विहा गरिदिएका थिए । विहा गरेको पति बाह्र तेह्र बर्षको उमेरमा आँखा पाकेर समयमा उपचार नपाएपछि एउटा आँखा अन्धा भएको थियो । तथापी कन्यादान दिएको दुलाहा भनेर गौना दिएर छोरी घर पठाइदिएको थियो, सियारामले । सपाङ्ग, सफा मनकी मुन्नीले मन नपरी नपरी अपाङ्ग लोग्नेको सेवामा झुण्डिन विवस भएकी थिई ।

(४) गङ्गापुर गाउँकी सन्तोषी कुर्मीको सात बर्षमा विवाहा भएको थियो । उसको दुलाहा विजय कुर्मी पन्द्रै बर्षदेखि राजनीतिक गतिविधिमा एकाग्र भएर लागेको थियो । गौना लिन आउँने भन्दाभन्दै दुबैको उमेरको घाम क्षितिजबाट कोल्टिसकेको थियो । प्रतीक्षा गर्दा गर्दा सन्तोषीको जवानीको रस सुक्यो । तै पनि विजय कुर्मीले पत्नीको नाम सन्तोषी कुर्मी लेख्न र बोल्न छोडेको थिएन । तर सन्तोषीले प्रकृतिले दिएको बैंसालु इच्छाभोग तृप्त गर्न नपाएरै जीवन अधुरै रहेको थियो ।

(५) बेतहनीको निर्मल कौशलको ७ बर्षको हुँदा उदयपुरको शिवप्रसाद कौशलकी ५ बर्षीया चुन्नी कौशलसंग विहा गरेकोमा १३ बर्षपछि गौना,थौनाको लागि खबर पठाउँदा ऊ अर्कैसंग पोइल गइसकी रे भन्ने खबर आयो । त्यसपछि ऊ केही बर्षपछि अर्काको स्वास्नी आँट्न खोज्दा बलात्कार प्रयासको मुद्दा लागेर जेल चलान भयो ।

फक्रिएको,चैतन्य जीवनको अञ्जुलीमा प्रेमलाई राखेर आत्माले परस्पर जोडेको प्रेममय,आनन्दमय,चिरस्थायी दाम्पत्य जीवन जिउन पाउने आम सन्ततीहरुको अभिप्सा र नैसर्गिक अधिकारमाथि कुठाराघात गरेर अबोध बाल्यावस्थामै विवाहरुपी पासो भिराइदिने गर्छन्,पुरातन संस्कारको डोरी छोड्न नचाहने रुग्ण चिन्तनका दम्भी अन्धविश्वासी समाजका अभिभावकहरु । यसरीे संस्कृतिको चेपुवामा परेर पश्चातापको भुङ्ग्र्रोमा जलिरहेका गाउँले युवती,युवकहरुको कैयन कारुणिक कथाहरु सुरेशको स्मृतिपटलमा सिनेमाको रिल झैं घुम्न थाल्यो ।

अब बाबु आमाको चित्तमा अलिकति क्रान्तिको झिल्को बाल्ने सोच बनाएर आफनो स्मृतिका दृश्यहरु अक्षरशः देखाउँदै सुरेशले उनीहरुको दिमागमा लागेको कालो पट्टी खोल्ने प्रयास ग¥यो–

“देखो पापा ! हमार गाउँकी लड्कीयाँ नन्की ठाकुर,अनिता भुजुवा,मुन्नी खट्टिक,सन्तोषी यी सबके दसा तो जान्तेही हो न आप ? यही मारे हमार विटियाके सादी अभि नाई । कुछ नहो तो दशतक पढ्ले,तब उसके बाद सादीके बात सोचो ।

सुकलालको दिमागमा छोराले देखाएको श्रव्य चित्र सुनेपछि एकछिन विस्मित भए उनी । बुढीतिर फर्किएर मुख खोले–

”हँ…बात तो यहु है । लेलिन का किया जाय तु बता ।”भनेर पत्नीको निर्णय सुन्न पर्खिए ।
घरभित्रबाट निस्केर असहमत हुँदै पछाडि फर्केेर हेर्ने बानी भएकी दुरपताको आशंकापूर्ण प्रतिप्रश्न–

“अँ.. हँ । उमर उप्पर होइ जाइ तो लड्का काँहा पाइहो ? सबके सादी होइ जाथे तो किससे सादी करवाइ हो लडकीको ? । तुरे बात सइ नाही है । हम नमानिब्”

सुरेशको मनमा त थियो, आफनै जात किन चाहियो र योग्य बर पाए जुनसुकै भए पनि के फरक पर्ने हो र ? आफनो विचारलाई नेपथ्यमा राखेर आमा,बाबुको ध्यान केन्द्रिकृत गर्न सुरेश बोल्यो–

“अम्मा ! का बात करथियो ? बहुत मिली बर । आजकल पढे,पढाइके सादी करेवाला बहुत होइगवा है । लल्लु,पप्पु, संजय,विजयका नाइ देखे हो ?जो पढे,बढे होइके सादी किहिन है ।” पहाडी लोगनका नाइ देखि हो ? जो बढे,पढे सादी करथे, उनेके विटियाको हमार जैसे समस्या तो नाइ हो थे । हमारी विटियौंका यैसी कच्ची उमरमे जिको सादी हो थे, यी बहुत कच्ची काम है । यी खातिर हमार विटियाके सादीके लिए उमर बने दियाजाय सम्झे ?”।

सुकलाल मुखमा बलेको आक्रोस निबाउँदै–“ले भैया लड्की तुवार है जस मर्जी । हम अभि नबताइवे । बादमे देखा जाय ।”

मुखले अहिलेलाई सहमति जनाए पनि अन्तर्यमा श्रावस्तीवाला गढेको थियो । आफनो विरादरलाई नछोड्ने र प्रतीक्षामा अल्झाउने बलियो सोच कायमै थियो,उनको ।

छिमेकी शिक्षित लोकबहादुर गुरुङसंगको अन्तरङ्ग मित्रताबाट आत्मिक सौन्दर्य, चेत भएको सुरेशले बाबु आमाबाबुको दिमागमा अलिकति सुन्दर चेत प्रविष्ट गराउन आफू सफल भएको अनुभूत ग¥यो,उनीहरुको मौनताबाट । तर त्यो अनिश्चयको गर्भगृहमै रह्यो ।

बाबुको सकारात्मक सोचले पुरातन संस्कृतिको हठ तत्काल कर्नर लागेपछि सुनिताको पढाईको गति निरावरोध अगाडि बढ्ने सुनिश्चित भयो । उसका अवरोधका काँडाहरु पन्छिएर उन्मुक्तिको खुला आकाशमा विचरण गर्ने रङ्गमञ्ज प्राप्त भयो ।

सुनितालाई डो¥याइरहेको समयको डोरीले तानेर पूmलोद्यानमा पु¥यायो । पूmलोद्यानका फूलहरु जस्तै, नाट्यशालाका पात्रहरु जस्तै बहु संस्कृतिसंग घुलमिल हुँदै उज्यालो संसारमा उन्मुक्तिको पखेटा फहराइ रहेकी,सुनिता । अनुहारमा टल्किएका दुईटा आँखाबाट बहुरुपी बहुरङ्गी मानव अनुहारहरु छामिसकेकी थिई, सुनिताले । पूर्वबाट उदाइरहेकी कलिली बाला सुनिता सत्रको खुट्किलोसम्म पुग्दा फक्रिएको फूल जस्तै जवानी फुलेर सुवासित भएकी थिई । ओठमा मधुर मुस्कान,स्याउरङ्गी गाला, हात्तिसुँडे पाखुरा, वक्षस्थलमा हिमाली सौन्दर्यता, भएकी यौवन फक्रिएकी सुनिता ।

रुद्र, अन्तरङ्ग स्वच्छ साथी थियो उसको । ओठमा बुर्बुरे पातलो रेखा बसेको । मानौं सुनिताको जीवनमा बैंसालु रङ्ग चढेको उसको छातिले प्रकट गरे जस्तै रुदको परिवर्तनमा ओठमाथि फक्रिएको जुँगा र स्वर थियो, पौरुष्यता प्रकट गर्ने । यो समयको उकाली पदचिन्ह थियो । रुद्र र सुनिताको मित्रतामा आत्मीयता थियो, स्वच्छता थियो, सत्यता थियो, वासनारहित । नर्सरीदेखि एघार कक्षासम्म अध्ययन गर्ने क्रममा सुनिताको जीवनको नाट्यशालामा धेरै पात्रहरु खेल्न आए,पुरुष स्त्री लिङ्गका बहुरङ्गी मानव पात्रहरु । यद्यपी अबोध बाल्यकाल देखि अन्तरङ्गमा जोडिएको रुद्र, उसको हृदयमा प्रेमको अङकुर पलाएको थियो । दुबैको आत्मा नजिकिएको संकेत,उनीहरुको भावुक भावभङ्गीले गरिरहेको थियो ।

अब सुनिताको पुष्टिएको,फक्रिएको बैंसालु फूल कसैमा समर्पित गर्नु थियो । अरुको लागि र आफनै लागि । तर आपूmले रोजेको जीवनसाथी पाउनेमा अनिश्चयको गर्भगृहमै सीमित थियो । प्रेमले रसाएको आँखा, मन भिजेको जीवन रुद्रसंगै साटासाट गर्ने उसको अन्तर अभीष्ट थियो ।
परन्तु दुर्भाग्य । मन जुरे पनि लगन जुरेन । तनको आह्वान भए पनि समयले जिन्दगीलाई लुटेपछि सुनिताको जिन्दगीको पाइला अन्तै चिप्लियो । सुनिता–रुद्र वीच एक शैलीको प्रेमको महललाई अन्ततः संस्कारको चट्याङ्गले ध्वस्त पा¥यो ।

एकदिन, नातिनीको जीवन फक्रक्क फुलेको देखेपछि सुकलाल गुप्ताले आफनो पूर्व लक्ष्य अनुसार छेकाउनी गर्न जाने निधो गरे । भारतको श्रावस्तीमा भारतीय मूल नेपालीहरुको चेली लेनदेनका विरादारी नातेदारहरु थुपै्र थिए । जसमध्ये ससुराली पट्टीबाट नाता पर्ने विरादारी थिए, खाद्यान्न गल्ला व्यवसायी भगवानदास गुप्ता । जोसंग जोडिने सुकलालको बाह्र बर्ष पहिलेको महत्वाकांक्षा थियो । तर उनको परम्पराको त्यो फेर् आफनै सचेत छोरो (सुनिताको पिता) सुरेशले चुँडाई दिएको थियो,तत्काल । तत्काल, उनीहरुले संस्कारको मियो समातेर सात बर्षकी अबोध बालिका सुनितालाई यज्ञकुण्डमा ंिसन्दुर हाल्न दिएको भए उसको पढाइको आकांक्षा त्यतीबेलै थला पर्ने थियो । शिक्षाको आकाशमा बादल लाग्थ्यो होला । परोक्षताको प्वालबाट संस्कारले छेको हाल्न सक्थ्यो होला । विवाहिताको अङकुस र साडीको घुम्टोले छेक्थ्यो होला । बाल्यकालमा अर्पिएकी सुनिताको जवानीलाई पर्खि बसेकाहरुले सोह्र बर्षको खुट्किलो टेक्नासाथ गौना लिएर शरीर हासिल गरेपछि भुुर्रर उडाई लान्थे होलान् । सो अवरोधको काँडा पन्छिएको थियो, तत्काल । सचेत बाबुका कारण ।

जे भए पनि सुनिताको जिन्दगीमा प्रभातको घाम लागेको थियो । खुला आकास मुनीको जीवन र जगतलाई केलाउन पाएकी थिई । जीवनचक्रको गाम्भिर्यतालाई छाम्न पाएकी थिई,भलै अनिश्चित क्षणिकता भए पनि ।
क्रम भङ्गः
अन्तत्वगत्वाः उसको जीवनको पदचापलाई पुरातन रुग्ण संस्कारले घिसार्दै मियोमा पु¥यायो । बाजे सुकलालले नातिनी सुनिताको छेकाउनीको लागि श्रावस्ती जाने तयारी गरे ।
सुरेशले भन्यो–कहाँ जाथो पापा ?
स्वनिर्णय सुनाउदै सुकलाल–“श्रावस्ती जाइथे, अबके हमार नातिन् सयान होइगइ न ? सादी वास्ते जाइथे,छेकाउनी करे” ।
असमञ्जसतामा परेको सुरेशबाट छोरीको प्रतिरक्षा प्रयास–
“का आप नातिनको दूरै भेज्दे हो पापा ?”छोरी आफनो भए पनि बाबुको आज्ञा उलङघन, उसको लागि कोशे ढुङ्गा थियो । पहिले त जेन तेन खुट्टा घिसारेको थियो, म्याद सारेर ।
सुकलालको दृढ अठोट पग्लिएन । आफनो लक्ष्य उलङघन गर्न नपाउने गरी बार लाउँदै सुकलाल–
“दूरका का बात है ? वहाँपर हमार लोगनका और लड्कियाँ नाइ है का ? हमार बिरादार लोग सैगर वहीँपर तो है । हमार कुछ बात भी चल रहा है । हम जाइबे कल सुब । तु चुप रह । बढी हुई लड्की कहुँ इधर उधर होइ जाइ तो, जात विरादारलोग का कही ? हम कैसे मुह देखाई,उनसे ?कल हुक्का पानी बन्द कैके बेइजती कैदेहै तो का करी हो? तुरे कुछ बात हैतो अपन बगलीमे रख्, मुह बन्दकैके । उसे आश्वासन दैचुके हन् हम । लड्का भी अभी सादी नाइकिहिस है । आदमी मालदार है, गल्लाके व्यापारी । खुद हमलोग कभु कभु अपन विटियाके भेट करे जाईबे न ?

सत्य, सुरेश चाहन्थ्यो, आफनै छायाँ वरिपरि छोरीको घर परोस, बेलाबेलामा आफनो नजर छोरीमा परिरहोस,चाहे अन्तरजातीय किन नहोस । तर बाबुको कठोर हुकुम अगाडि उसको आकांक्षा स्खलित भयो । असमञ्जसतामा डुबेको उससंग मौनता सिवाय केही बाँकी रहेन ।

भोलीपल्ट, सुकलाल खैरो देहाती कमिज र सेतो सुकिलो धोती,जुहारी कोट पहिरिएर झोला र छाता समाते । झोलामा मीठाई,अँगोछा र कमिजको खल्तीमा डली, पान,तमाखु–चुनको डब्बा र सुपारी काट्ने सरौता सानो झोला हालेर श्रावस्ती यात्राको लागि रेल चढ्न रुपैडिहातिर हान्निए ।
सुकलाल, भगवानदासको घरमा पुगे । भगवानदासले शिना मिलाएर साडुको अभिवादन गरे । उचित स्वागत सत्कार गरे । उसो त नातामा सुकलाल र भगवानदास साडु–साडु पर्थे । शीतलको लागि भगवानदासकी पत्नी रीताले तुरुन्तै गुँड–पानी ल्याएर दिइन् । नातामा उनी सुकलालको साली थिइन् ।

सम्वादक्रम अगि बढ्यो । सुकलालको नातिनी,सुरेश गुप्ताकी छोरी सुनिता गुप्ता र भगवानदास गुप्ताको नाति, अर्थात रामप्रसाद गुप्ताको छोरा आकाश गुप्ताको विवाह निर्धारित भयो । एक हप्तामा सुकलाल परिवारले तिलक पु¥याउने गरी ।

अर्कोदिन,सुकलाल शुभ समाचार लिएर घर फर्किए । दुई साडु साडु अर्थात दुबै तर्फका बाजेहरु वीच पारित निर्णय सुनाए । दुरपताको शिर जुरेलीको जस्तै ठाडियो भने सुरेशको नूरको पारो जिरो डिगृको एङ्गलतिर झ¥यो । ०

कन्यादानको शुभ साइत । अरुको लागि हर्ष । सुनिताको लागि मानौं,अँध्यारो सुरुङ्गबासको प्रारम्भ । सुरेशको लागि दिमाग लठ्याउने भाङ धतुरोको नशा । बाबुको आदेश स्वीकार नगरौं भने, घरमा तुषको आगो सल्किने त्रास । स्वीकार गर्दा छोरीको भविष्य ओरालोतिर । परिवर्तनको पाटो समाउने दुस्साहस उमृन सकेन, आज्ञाकारी उसमा । केवल संस्कारलाई धिक्कार्नु बाहेक विकल्प देखेन, उसले । अन्यौलतामा डुबेकै अवस्थामा उसले बाबुलाई सहमति दिएको थियो । यसरी आफनै सहरभित्र छोरीले चाहेकै फल टिप्न दिने उसको आकांक्षामा धमिरा लागेको थियो ।

तिलक उठाउनु पूर्व अघिल्लो दिन, सुरेशले छोरीलाई कोठामा बोलाएर पग्लिएको आँखा टिलपिलाउदै आफनो वाध्यताको पूरै पोको खोलेको थियो–

“छोरी ! संस्कारसंग मैले हारेँ । गर्नुसम्म प्रयासहरु गरेँ, गौँडा गौंडामा । अब म पराजित भएँ । पढाईलाई अगि बढाउँछु र आफनै मर्जीले विहा गर्छु, भन्ने तेरो कल्पना, आकांक्षालाई मैले बुझेको थिएँ । तर मैले बुझेर मात्र भएन । रीति,परिस्थिति मेरो प्रतिकुल भएर उभियो । तेरो सपनालाई सार्थक पार्ने मेरो आकांक्षा, कल्पना अब केवल कल्पनामै सीमित भयो । म विवशछु,छोरी । तैले चित्त नदुखाएस, म भोली पापासंंग तिलक लिएर जाँदैछु ।”

लक्ष्यको उकालो चढ्दै गरेकी सुनितालाई अचानक बाबुको पग्लिएको आँखा र थर्थराएको ओठबाट पोखिएको बाध्यताको नैराश्यपूर्ण शब्दहरुले छाँगाबाट खसालेर दहमा पछा¥यो । यद्यपी बाबुलाई ढाढस दिँदै भनी–

पापा ! मन शान्त पार्नुस । परिस्थितिले हामीलाई समयको पकडण्डी छोडेर संस्कारको पकडण्डी समाउन बाध्य पा¥यो । पहिले मलाई बाबा दाइ(बाजे बज्यै)ले पढाउनै चाहनु भएको थिएन । त्यसबेला पढ्न नपाएकी भए अक्षरहरु मदेखि विराना हुन्थे । त्यो हजुरकै चेतको श्रेयले एक खड्गो पार गरेर स्कूलको प्राङ्गणमा टेक्न पाएँ । फेरि बालबिबाहको प्रशङ्गले झटारो हान्यो । त्यो बेला विहा भएको भए छ सात बर्षको उमेरदेखि साडी धोतीको घुम्टोले बेथ्र्यो होला, मेरा बालउमङ्गका फखेटाहरुलाई । कहिलेकाँही आकाश देख्न पाए पनि अधिकांशतः संस्कारको बन्धनहरुले जकड्ने थियो होला । त्यो पनि हजुरकै चेतले खड्गो कट्यो । अब संस्कारको भूतले मलाई लखेट्दै आएकोले हुक्का पानी नामको जञ्जिरमा फसाउन खोजिरहेको छ,मलाई । मलाई लाग्छ पापा, त्यहाँ गएपछि अवश्य नजरबन्दीमा पर्नेछु, जसरी मेरी आमा घरको ओडारभित्र लुक्ने गर्नु हुन्छ । उहाँलाई घर जोडिएको पडोसीले पनि चिन्दैन, कस्की स्वास्नी कस्की आमा भनेर । केवल गरीबका स्वास्नीमान्छे मात्र भोक तिर्खा मेटाउन,परिवार रुपी संसारको जीवन यापनको लागि श्रमको मैदानमा लोग्नेसंगै ज्याभल मच्चाउछन्,खुला आकाशमुनी । दाइ आमा त पहिलेदेखि खुलै हुनु हुन्थ्यो होला । तर मेरी आमालाई भने संस्कारगत वैभवको ढोङले छोपेपछि गुप्तवास गराएको होला । बाबाको छात्तिमा चढेको धनको ढोङ्ग ।

मलाई थाहा छ पापा, अरुबाट बुझेकीछु । त्यो सभ्यता हराएको गाउँको स्वनामधन्य घरमा हाम्रो भावनाको मृतु अवश्यम्भावी छ । अब जे जस्तो भए पनि सामना गर्नुको विकल्प हामीसंग छैन, पापा । बस्तुगत यथार्थता नदेख्ने अन्धकारबाट मुक्त हुन नसकेको हाम्रो परिवार । सत्यताको उज्यालो संसार देख्नै नपाएका हाम्रो पुर्खाको गलत चिन्तनको मारको भोगाई शायद मेरो भाबी जिन्दगी हो । मलाई आशिर्वाद दिनुस् पापा, कि अब परिआएको परिस्थितिलाई आफनो तर्फबाट कुशलतापूर्वक सामना गर्ने सामथ्र्य मिलोस,मलाई । पापा, अब म संस्कारको पिजडाभित्र हुलिदैछु । जे होस बाबा,दाइ (बाजे बज्यै)को रुग्ण हठले भरिएको घैलामा घाम लागोस् । हजुरको हीनताबोधको घाउ छिटै पुरियोस । के गर्ने त अब हजुरले मलाई एक पटक मात्र हैन पटक पटक गल्छेडाहरु पार गराउदै ल्याउनु त भएकै थियो । तर बाबाले निर्माण गर्नु भएको अन्तिम गल्छेडोमा म फस्दैछु, संस्कारको भूतले लखेट्न नछोडेपछि । हजुरले त्यो निरपेक्ष समयसंग विद्रोह गर्दै यहाँसम्म पढाएर जगतलाई बुझने अवसर जुटाइ दिनु भयो । जहाँसम्म मलाई विश्वास छ, मेरो बुझाई र मेरो पढाई,मेरो शिक्षा अब मसंगै पिजडामा बन्द हुनेछ । यद्यपी हजुरले मप्रति गरेको योगदान,आर्थिक र मानसिक लगानी प्रति म कृतार्थछु पापा । बाँकी मेरै जिन्दगीमाथि छोडिदिनुस । मेरो जिन्दगीको भोगाईमा जे जस्ता विघ्न वाधाहरु आइपर्लान् सो भोघ्न म तयार छु, बाबाको नाममा । के गर्ने पापा, अहिले संस्कारको भूतले परिवर्तनको ढोका उघार्न दिएन,हामीलाई । यही विवशता ओड्नु मात्र हाम्रो नियति बन्यो ।

पन्द्रदिनपछि, पूर्वनिर्धारित तिथि मिति । सुकलाल र सुरेश । हुनेवाला दुलाहा पक्षका घरभरिलाई लुगा, फलफुल,मीठाई लिएर श्रावस्ती पुगे, सुनितालाई अर्पण गरिने संकल्प स्वरुप तिलक नामको कोसेली लिएर । औपचारिकताको पूर्व सांस्कारिक प्रकृया ।

यसअघि भगवानदास आफन्तीहरु भेटघाट गर्ने क्रममा नेपालगञ्ज आवत जावत हुँदा केटीलाई राम्रैसंग अवलोकन गरिसकेको र साडुदाई नाता पर्ने सुकलालसंग पनि बेलाबेलामा भेटघाट हुने गरेकोले यसपाली तिलकदान पूर्व केटी हेर्ने आवश्यकता ठानेन्,उनले । त्यसैले यो तिलक दानको औपचारिकता छोट्करीमै सम्पन्न भयो ।
ब्राह्मणद्वारा तय भएको कन्यादानको निर्धारित शुभ साइत

तिलकदानको औपचारिकता । तिलकदान लिएर गएका बाजे सुकलाल र बाबु सुरेशले कन्यादान (मानौं,ंसुनिताको पखेटा बाँध्ने प्रकृयाको लगन) तारिख तय गरेर आए,अगन (मंसिर)को उजेली पञ्जमी अर्थात तीन महिना पश्चात विहा हुने गरी ।

[बाँकी अर्काे शनिवार]

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*