१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्टयाङसहित वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । हाल देशका पहाडी भू-भागहरुको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ का पहाडी भू-भागको मौसममा सामान्य बदली हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश १ का पहाडी भू-भागहरुको मौसममा सामान्य बदली हुने सम्भावना देखिएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ४७ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा