२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्टयाङसहित वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । हाल देशका पहाडी भू-भागहरुको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ का पहाडी भू-भागको मौसममा सामान्य बदली हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश १ का पहाडी भू-भागहरुको मौसममा सामान्य बदली हुने सम्भावना देखिएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ४७ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ