२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

प्रधानमन्त्री ओली आज पोखरा जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा रङ्गशालाको निरीक्षण गर्ने भएका छन् । आज पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा जान लागेका ओलीलाई रङ्गशालामा स्वागत गर्न लागिएको हो ।

ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फूटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको भ्रमणबाट रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधार छिटो सम्पन्न गराउन मद्दत पुग्ने विश्वास गरिएको छ । यसअघि पोखरामा १३औँ सागका केही खेल भव्यताका साथ सम्पन्न भएकामा प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्रिय खेलकूदको भव्य तयारीका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री ओली रङ्गशाला आउने कार्यक्रम तय भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्य सचिव सिलवाल, राखेप सदस्य राजेश गुरुङ तथा जिल्लास्थित प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखले हिजो नै अवलोकन गरेका थिए ।

प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रङ्गशालाको विभिन्न स्थानमा स्वागतद्धारसहित राष्ट्रिय झन्डाले रङ्गशाला सिँगारिएको छ ।

प्रधानमन्त्री ओली आज पोखरा विमानस्थलमा अवतरणपछि नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ४४ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री