१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

कांग्रेस संसदीय दलको बैठक फागुन २१ गते, सांसदहरुलाई काठमाडौं नछोड्न निर्देशन



काठमाडौं । प्रतिनिधिसभा बैठकको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेसले फागुन २१ गते शुक्रबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से हलमा संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सहभागी हुन र सांसदहरुलाई काठमाडौं नछोड्न कांग्रेसले सबै सांसदहरुलाई निर्देशन दिएको छ ।

सांसदहरुलाई बाहिर नगई नहुने अवस्था भए परामर्श गरेर मात्र काठमाडौं बाहिर निस्कन कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सांसदहरुलाई निर्देश गरेका छन।

सर्वोच्च अदालतको आदेशपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गते आइतबार अपरान्ह ४ बजे बोलाएकी छिन्

प्रतिनिधिसभा भंग गरेर प्रतिगमन गरेको भन्दै कांग्रेस समेत आन्दोलनमा रहेको थियो । तर, संसद भंग गर्ने प्रधानमन्त्रीलाई निरन्तरता दिन नहुने भन्दै नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने विषय यतिबेला जोडतोडले उठिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने भने आफुले राजीनामा नदिने भन्दै दुई वर्षसम्म आफ्नै नेतृत्वमा सरकार चल्ने बताउँदै आएका छन् ।

यतिबेला कांग्रेसले गर्ने निर्णय महत्वपूर्ण भएको छ । कांग्रेसमा ओली सरकारलाई साथ दिन हुँदैन भन्ने आवाज उठिरहेको छ । तर, सभापति शेरबहादुर देउवा भने पार्टीलाई जताबाट बढी फाइदा हुन्छ त्यतै लाग्ने भन्दै तत्कालका लागि नेकपाको औपचारिक विभाजन नभएको अवस्थामा कुनै निर्णय गर्न नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १२ : २७ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको