२७ बैशाख २०८३, आइतबार | May 10, 2026

सांसदहरुले लगाउन थाले कोरोना विरुद्धको खोप



काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ ।

बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो ।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनेमा सभामुख सापकोटाले विश्वास व्यक्त गरे । उनले भने – ‘वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको खोप पुरै निर्धक्क भएर सबैले लगाए हुन्छ ।’

सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि बताए । खोप अभियान सफल भई विश्वव्यापी रुपमै कोभिड १९ माथि विजय प्राप्त गर्नेमा उनले विश्वास व्यक्त गरे ।

त्यसैगरी महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरुले खोप लगाउने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १२ : ५५ बजे

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको चेतावनी

तेहरान । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको