३ पुस २०८२, बिहिबार | December 18, 2025

रौतहट पुगेपछि देउवाले भने : आलमलाई छुटाउन प्रयास छु



रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री आलमलाई छुटाउने प्रयासमा रहेको बताएका हुन् । आलम इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका कांग्रेसका निलम्बित सांसद हुन् ।

अर्को प्रसङ्गमा देउवाले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे । पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गरेका थिए । महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : १४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका