१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री आलमको रिट ‘हेर्न नमिल्ने’मा



काठमाडौं । जिउँदै इट्टभट्टामा मान्छे फालेर मारेको अभियोग पुष्टिसँगै जेल जीवन बिताइरहेका पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ ।
कांग्रेस नेता समेत रहेका रौतहटका आलमले दायर गरेको रिट शुक्रबारका लागि तोकिएपनि इजलासले हेर्न नमिल्ने ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सो रिट पेसी तोकिएको थियो । तल्लो अदालतले आलमलाई दोषी ठहर गर्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सो फैसला विरुद्ध आलमले सर्वोच्चमा रिट दायर गरेका थिए ।

१४ वर्ष अघि पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रौतहतको राजपुर फरहदवामा भएको बमकाण्डका मुख्य आरोपी आलम भएको तल्लो अदालतले ठहर गरेको थियो । उनीमाथि विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोप लागेको थियो । बम बनाउँदै गर्दा घाइते भएका आफ्नै समर्थकलाई पोल खुल्ने भयले आलमको निर्देशनमा जिउँदै इट्टभट्टामा फारेर मारेको आरोप छ ।

रौतहतबाट निर्वाचित सांसद भएपनि पक्राउ परेपछि आलमको पद निलम्बनमा रहेको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : २६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्