२७ बैशाख २०८३, आइतबार | May 10, 2026

रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री आलमको रिट ‘हेर्न नमिल्ने’मा



काठमाडौं । जिउँदै इट्टभट्टामा मान्छे फालेर मारेको अभियोग पुष्टिसँगै जेल जीवन बिताइरहेका पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ ।
कांग्रेस नेता समेत रहेका रौतहटका आलमले दायर गरेको रिट शुक्रबारका लागि तोकिएपनि इजलासले हेर्न नमिल्ने ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सो रिट पेसी तोकिएको थियो । तल्लो अदालतले आलमलाई दोषी ठहर गर्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सो फैसला विरुद्ध आलमले सर्वोच्चमा रिट दायर गरेका थिए ।

१४ वर्ष अघि पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रौतहतको राजपुर फरहदवामा भएको बमकाण्डका मुख्य आरोपी आलम भएको तल्लो अदालतले ठहर गरेको थियो । उनीमाथि विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोप लागेको थियो । बम बनाउँदै गर्दा घाइते भएका आफ्नै समर्थकलाई पोल खुल्ने भयले आलमको निर्देशनमा जिउँदै इट्टभट्टामा फारेर मारेको आरोप छ ।

रौतहतबाट निर्वाचित सांसद भएपनि पक्राउ परेपछि आलमको पद निलम्बनमा रहेको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : २६ बजे

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको चेतावनी

तेहरान । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि