२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सरकार र विप्लव समुहबीच तेस्रो चरणको वार्ता जारी



काठमाडौं । सरकार र प्रतिबन्धित विप्लव समुहबीच आज तेस्रो चरणको वार्ता भैरहेको छ ।

हिजो बुधबार भएको दुई चरणको वार्ता सकारात्मक दिशामा अघि बढेपछि आज निर्णयक चरणको वार्ता बसेको हो ।

वार्तामा सरकारी टोलीले हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने ग्यारेन्टी खोजेको थियो भने विप्लव समुहले पार्टीमाथिको ‘प्रतिबन्ध फुकुवा र जेल हिरासतमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गरेको थियो । धेरै विषयमा सहमति भैसकेका कारण आजको वार्ता पछि संयुक्त वक्तव्य जारी हुन सक्ने बताइएको छ ।

सरकारले जघन्य अपराधको मुद्दामा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका बाहेक अन्यलाई रिहा गर्न र प्रतिबन्ध फुकुवा गर्न सहमति जनाएको छ । दुई पक्षबीच पूर्ण सहमति भएमा मन्त्रिपरिषद बैठकमार्फत सरकारले प्रतिबन्धको फुकुवा गर्नेछ ।

विप्लव समुहको वार्ता टोलीले सरकारसँग भएको वार्ताबारे महासचिव विप्लवसँग गएराति कुरा गरेको थियो ।

सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले गरेका छन् । विप्लव समुहको वार्ता टोलीको नेतृत्व प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ ले गरिरहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १० : २९ बजे

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज