४ पुस २०८२, शुक्रबार | December 19, 2025

हजारौं किसान नाङ्गो खुट्टा सरकारका विरुद्ध सडकमा प्रदर्शन गर्दा पत्रकारहरुले हिरो/हिरोईनको कपडा र कारको समाचार लेखे : मन्त्री बराल



बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुंजिवादको दवदवाका कारण श्रमजिवी र गरिवहरु निर्वाचनमा सहभागी हुनै नसक्ने अवस्था आएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपा निकट प्रेस संगठनको रुपन्देही भेलालाई सम्बोधन गर्दै मन्त्री बरालले पुंजिवादले समाचार लेखनमा पनि एकाधिकार कायम गर्ने गरेको बताए ।

उनले पुंजिपती वर्गको अधिपत्यका कारण स्वतन्त्र पत्रकारीता धरापमा परेको उल्लेख गर्दै मालिकको पक्षमा समाचार नलेखेकै कारण जागिरबाट विस्थापन हुनुपर्ने अवस्था रहेको बताए । समाजलाई सहिबाटोमा मार्गनिर्देशगर्न सचेत आलोचना आवश्यक पर्ने भन्दै मन्त्री बरालले पत्रकार जगतले सचेत आलोचना गर्दै समाजलाई मार्गनिर्देश गर्नुपर्ने बताए । उनले संसारमा रहेका पुंजिपतीवर्गको सम्पत्ती बाँड्ने हो भने बिश्व समुदायका मान्छेहरुलाई प्रसस्त पुग्ने उल्लेख गर्दै पुजिपतिहरु आम नागरिकलाई विपद पर्दा चन्द्रमामा मान्छे पठाउने कुरा गर्ने गरेको बताए ।

मन्त्री बरालले भारतमा हजारौं किसानहरु नाङ्गै सडकमा बिद्रोह गरिरहँदा भारतिय सञ्चारमाध्यमले भारतिय हिरो र हिरोईनहरुको कार र कपडाको समाचार लेखेको टिप्पणी गरे । उनले पुंजिपतिहरुले हरेक वस्तुलाई मालकारुपमा लिने गरेको भन्दै पत्रकारले जति कडा आलोचना ग¥यो समाजले त्यतिबढी सकरात्मक नतिजा पाउने उल्लेख गरे । ‘नेपालमा कडा र आलोचनात्मक समाचार लेख्दा कर्पोरेट हाउसले पत्रकारिताबाट बिदा गरिदिने गरेको छ ।’ उनले भने, ‘पत्रकारले बौद्धिक सत्ता निर्माणमा भूमिका खेल्नु पर्दछ ।’

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  २ : ३० बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म