१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

केही मान्छेहरु प्रधानमन्त्री बनिदेऊ भन्दै अरुको दैलोमा भीख माग्दै हिँडेका छन् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले कसैलाई पनि प्रधानमन्त्री बनिदेऊ भन्दै विन्ती गर्दै नहिँडेको बताएका छन् ।

सरकार र विप्लव समुहबीच आयोजित सहमतिपत्रमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि आफुले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका हुन् ।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालप्रति व्यङ्गात्मक टिप्पणी गर्दै केही मान्छेहरु हुँदा खाँदाको दुई तिहाई बहुमतको सरकार गिराएर प्रधानमन्त्री बनिदेऊ भन्दै अरुको दैलोमा भीख माग्दै हिँडेको बताए । ओलीले भने, ‘आफ्नो पार्टी फुटाएर,सरकार ढालेर अरुलाई बनिदेऊन भन्दै हिडेका छन् बिचराहरू ।

प्रधानमन्त्री ओलीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराख्ने स्पष्ट पारे । उनले थपे, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’

प्रधानमन्त्री ओलीले संसदीय दलको नेता आफै भएको जिकिर गरे । ‘आज संसदीय दलको बैठक भन्दैछन् रे’, उनले भने, ‘दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।’

प्रधानमन्त्री ओलीले विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरे । उनले नेपालमा अब कसैले हिंसात्मक आन्दोलनका बाटो नलिने बताए । ओलीले भने, भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरेको छैन अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’ नेपाल शान्तिको पारामिटरमा अमेरिका, चीन भन्दा पनि माथि रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले विप्लवको प्रशंसा गर्दै उनले साहासिक काम गरेको जनाए । शान्तिपूर्ण राजनीतिको बाटो समातेर विप्लवले सेफल्याण्डिङ गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ३० बजे

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार