५ बैशाख २०८३, शनिबार | April 19, 2026

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी



भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह ‘सी’को खेलमा तिरुपति क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमा निर्धारित ५० ओभरको खेलमा २९.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमै समेटियो । उसका लागि मनोज सुनारले १८, अनिल खत्रीले नटआउट १५ र विकल क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा तिरुपतिका विपिन न्यौपानेले ८ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । यस्तै, वसिर अहम्मदले ३ तथा तुलबहादुर थापा र प्रदीप जैसवालले समान १/१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको तिरुपतिले १७.५ ओभरमा ८ विकेटको क्षतिमा ९१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा तुलबहादुर थापाले नटआउट ४० र विवेक न्यौपानेले ११ रन बनाए । बलिङमा तिलोत्तमाका विष्णु कटरिया र कृष्ण पराजुलीले समान ३/३ तथा यमबहादुर क्षेत्रीले २ विकेट लिए । तिरुपतिका विपिन न्यौपाने म्यान अफ द म्याच भए । शनिबार डिभिजन ‘ए’ को लुम्बिनी खुकुरी क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : २५ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको