१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी



भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह ‘सी’को खेलमा तिरुपति क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमा निर्धारित ५० ओभरको खेलमा २९.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमै समेटियो । उसका लागि मनोज सुनारले १८, अनिल खत्रीले नटआउट १५ र विकल क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा तिरुपतिका विपिन न्यौपानेले ८ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । यस्तै, वसिर अहम्मदले ३ तथा तुलबहादुर थापा र प्रदीप जैसवालले समान १/१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको तिरुपतिले १७.५ ओभरमा ८ विकेटको क्षतिमा ९१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा तुलबहादुर थापाले नटआउट ४० र विवेक न्यौपानेले ११ रन बनाए । बलिङमा तिलोत्तमाका विष्णु कटरिया र कृष्ण पराजुलीले समान ३/३ तथा यमबहादुर क्षेत्रीले २ विकेट लिए । तिरुपतिका विपिन न्यौपाने म्यान अफ द म्याच भए । शनिबार डिभिजन ‘ए’ को लुम्बिनी खुकुरी क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : २५ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई