१० चैत्र २०८२, मंगलबार | March 24, 2026

ओली पक्षको संसदीय दल बैठक आज, कति सांसद उपस्थित होलान !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्दैछ ।

बैठकका लागि ओलीले हालै मात्र नियुक्त गरेका प्रतिनिधिसभाका मुख्य सचेतक विशाल भट्टराई र राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले सबै सांसदहरुलाई बारम्बार एसएमएस पठाइरहेका छन् ।

ओली पक्षमा आज कति सांसद खुलेर लाग्छन् भन्ने कुरालाई चासोपुर्वक हेरिएको छ । शुक्रबार बसेको प्रचण्ड नेपाल पक्षीय नेकपा संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो पक्षमा ११५ जना सांसद रहेको दाबी गरेका थिए । प्रचण्ड नेपाल पक्षले बहुमत सांसदको समर्थनमा संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको छ ।

संघीय संसदमा नेकपाका २२३ जना सांसदहरु रहेका छन् । राष्ट्रिय सभमा रहेका ५० सांसद मध्ये ओली र प्रचण्ड नेपालतिर २४ २४ जना सांसदहरु रहेका छन् । वामदेव गौतम कुनै पक्षमा लागेका छैनन् भने राष्ट्रिय सभा अध्यक्षले मतदान दिन पाउँदैनन् । प्रतिनिधिसभामा १७३ जना सांसदमध्ये प्रचण्ड नेपाल पक्षले आफ्नो तर्फ ९१ जना सांसद रहेको दाबी गरेका छन् । संसदीय दलको बैठक बस्नु अघि गौतमलाई मनाउन प्रधानमन्त्री ओली शुक्रबार साँझ गौतम निवास भैंसेपाटी पुगेका थिए ।

तर, आज बस्ने ओली पक्षको संसदीय दल बैठकले प्रचण्ड नेपाल पक्षको बैठकलाई अस्वीकार गर्दै संसद सचिवालयलाई समेत प्रचण्ड नेपाललाई मान्यता नदिन दबाब दिने बुझिएको छ ।

भोलिदेखि सुरु हुने प्रतिनिधिसभाको अधिवेशन संचालन गर्नका लागि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुन समुहलाई मान्यता दिने भन्ने विषय संसद सचिवालयका लागि पेचिलो बनेको छ । प्रचण्ड नेपाल पक्षले ओली पक्षलाई मान्यता नदिन पत्राचार गरेको छ भने ओली पक्षका मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रचण्ड नेपाल पक्षले गरेको दाबीलाई अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ४६ बजे

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा